मुक्तिनाथको ५० प्रतिशत हकप्रद आबेदन असोज २१ गते खुल्ने

Sep 20, 2016 merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद बिक्री गर्न भाद्र ३० गते सेयरधनी किताब बन्द गरेकोमा असोज २१ गतेदेखि हकप्रद आबेदन खोल्ने भएको छ । बैंकले यही असोज २१ गतेबाट एक सय रुपैयाँ अंकित दरका ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । बैंकको हकप्रदमा कात्तिक २५ गतेसम्म आवेदन गर्न सकिनेछ ।



भदौ २९ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन् । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा एनआइबिएल क्यापिटल तथा बैंकका सबै शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सकिनेछ ।

आफैं चुक्ता पूँजी अढाई अर्ब पुर्याउने लक्ष्य सहित बैंकले ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी ८३ करोड ८४ लाख ३२ हजार रुपैयाँ ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ।

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले लघुवित्तको समेत काम गर्दै आएको छ ।राष्टिय्रस्तरको बिकास बैंकमा रुपान्तरण भएको मुक्तिनाथले काठमाडौमा शाखा बिस्तार गरे पछि झन् ब्यापार बृद्धि भएको देखिएको छ । बैंकले गत आर्थिक बर्षमा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लोबर्षको मुनाफाबाट गतबर्ष ३१ प्रतिशत बोनस शेयर दिएको बैंकले गतबर्षको मुनाफाबाट यसपालि वितरण गर्ने बोनस भने सार्वजनिक गरेको छैन ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।