नेपाल बैंकले फेरि बेच्ने भयो नागरिक लगानीकोषको दुई लाख कित्ता सेयर

Sep 20, 2016 Merolagani
0
0



नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक(NBL)ले आफ्नो बित्तीय अबस्था सुधार गर्न फेरि नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ । बैंकले केही समयअघि झण्डै चार लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेकोमा ६० हजार कित्ता बिक्री हुन बाँकी रहेको थियो भने उससँग एक लाख ४० हजार कित्ता बोनस सेयर समेत थपिएको छ ।

नेपाल बैंकले अघिल्लोपल्ट प्रति कित्ता तीन हजार पाँच सय रुपैयामा नागरिक लगानी कोषको सेयर लिलाम गरेर एक अर्ब १९ करोड आम्दानी गरेको थियो । नेप्सेमा केही दिन अघि सेयर किनबेचको कारोबार भएर त्यसको नामसारी र राफसाफ समेत भईसकेको छ । नेपाल बैंकले फेरि प्रति कित्ता तीन हजार पाँच सयकै दरमा दुई लाख कित्ता बिक्रीमा राख्दा कम्तिमा ७० करोड रुपैयाँ आम्दानी हुने आँकलन गरिएको छ । 

पहिले अर्थमन्त्रालय र नागरिक लगानी कोषबाट सेयर बेच्ने अनुमति लिँदा ढिलाई भए पनि यसपल्ट त्यसो गर्न नपर्ने भएकाले चाँडै लिलामको सूचना निस्कने नेपाल बैंक स्रोतले जनाएको छ । सेयर बिक्रीको न्युनतम कित्ता भने २५ हजारबाट घटाईने तयारी भईरहेको बुझिएको छ ।

नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा पनि आकर्षक खुद नाफा बिबरण पस्कनसक्ने देखिएको छ । बैंकले गत आर्थिक बर्षमा तीन अर्ब १ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ४६ रुपैयाँ कायम गरेर जगेडा कोष ३८ करोडले धनात्मक र पूँजी कोष अनुपात ११ भन्दा माथि पुर्याएर आफु स्वस्थ भएको घोषणा गरेको थियो । गत बर्ष पनि उसले धेरै घरजग्गा र सेयर बेचेको थियो । यस बर्ष पनि सम्पति बिक्रीका साथै नियमित आम्दानीलाई समेत अझै बढाउने अभ्यासमा बैंकका अधिकारीहरु क्रियाशील रहेको बताईएको छ । बैंकले गत बर्ष जत्ति खुद नाफा गरेको भए पनि जगेडा कोषमा अति न्युन रकम भएकाले यसपल्टको साधारणसभामा कुनै लाभांश दिन भने सक्ने छैन । 

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।