
मंगलबारको कारोबारमा होटल र बीमा बाहेक सबै उपसमूहमा दोहोरो अंकको गिरावट आएपछि बजार घटाईको समीक्षा तीब्र भएको हो । कम्पनीहरुले गत बर्षको खुद नाफाबाट आकर्षक लाभांश घोषणा गरी कतिपय कम्पनीहरुले दशै अगावै बोनस सेयर र नगद लाभांश बितरण गर्न साधारणसभा डाकेको अबस्थामा पनि बजार घट्नुलाई बिबिध रुपमा अथ्र्याउनेहरु छन् ।
अधिकांश कम्पनीहरुको लाभांश प्रस्तावको पूर्व अनुमान गरी लगानीकर्ताहरु सेयर बेच्ने मौका छोप्न सक्रिय रहँदा बजारमा बिक्रीको चाप परेको हुनसक्ने अनुमान गरिएको छ । लाभांशको प्रस्ताव औपचारिक रुपमा सार्वजनिक हुँदाको समयमा खरिदमा चाप पर्ने आँकलन गरी केही लगानीकर्ताहरु सेयर बेच्न पर्खेर बसेका थिए तर बजारमा किन्ने भन्दा बेच्नेकै चाप परेकाले त्यसको असर समग्र बजारमा परेको मानिएको छ । कम्पनीहरुको पूँजी योजना तथा खुद नाफाको आधारमा लाभांशको आँकलन गर्न सहज भएको छ । कुन कम्पनीले कति लाभांश घोषणा गर्दैछन् भन्ने अनुमान पनि प्रायः सबैले लगाईसकेका छन् । त्यसैका आधारमा लगानीकर्ताहरुले आफुलाई फाईदा हुने गरी निर्णय गर्न थालका छन् ।
सनराईज बैंकले आकर्षक लाभांश घोषणा गरे पनि त्यसको भाऊ लगातार दुई दिन घटेको छ भने अन्य कम्पनीहरुमा पनि त्यसकै प्रभाव परेको छ । पहिले सस्तोमा सेयर किनेर बसेकाहरुले उल्लेखनीय रुपमा भएको नाफा सुरक्षित गर्ने मनसाय बनाएको, हकप्रद जारी गर्ने क्रम बढ्दा त्यसका लागि रकम जोहो गर्नेहरु पनि सक्रिय भएको, गत बर्ष जारी भएका हकप्रद र बोनस सुचिकृत हुँदा सेयरको आपुर्ति बढेको, कम्पनीहरुको सेयरकोे भाऊ बढेर भएको नाफाले घर र गाडी किन्नेहरु पनि यही मौकामा सेयर बेच्न चाहिरहेको, असोज मसान्तमा दशै पर्ने हुनाले त्यस अगाबै बैंकको ब्याज तिर्नपर्ने बाध्यता लगायतका कारणहरुले बजारमा प्रभाव देखाएको हुनसक्छ तर कुनै एउटै कारणले मात्रै बजार घटेको मान्न सकिन्न ।
देशको राजनीतिक र आर्थिक अबस्था स्थिर रहेको र कम्पनीहरुको अबस्थामा कुनै परिवर्तन नआएको हुँदा बजारमा माग र आपुर्तिले नै घटाईमा मुख्य भुमिका खेलेको स्पष्ट हुन्छ । बजारमा ठुलो हिंसा रहेको बाणिज्य बैंक समूहनै २३ अंकले घटेको छ ।जलविद्युत, विकास बैंक, वित्त, अन्य सबै समूह दोहोरो अंकले झरेपछि नेप्से १७.९८ अंकल झरेर १७८६.५० विन्दुमा आईपुगेको छ ।

१४४ कम्पनीको शेयर कारोबार भएको बजारमा एक अर्ब ३४ करोड बराबरको शेयर किनबेच भएको छ । मंगलबारको कारोबारमा नबिल बैंकको सबैभन्दा उच्च कारोबार भएको छ । नबिलको बैंकको १७ करोड बढीको शेयर किनबेच भएको छ । एनआइसी एशिया बैंकले पनि १२ करोड बढीको कारोबार गरेको छ । साधारणसभा प्रयोजनको लागि भोलिदेखि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेभएपछि यी दुई कम्पनीको उच्च कारोबार भएको हो । नबिलले ३० प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश तथा एनआइसी एशियाले २६ प्रतिशत बोनस लाभांश प्रस्ताव गरेका छन् । यी दुवै कम्पनीको असोज १८ गते साधारणसभा हुदैछ ।

मंगलबारको बजारमा चार कम्पनीको शेयरभाउ दशप्रतिशतका दरले बढेको छ । यसदिन सेति फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । डेढ सय प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृति दिएपछि यो कम्पनीको शेयर भाउ एकाएक बढेको हो । यस्तै मिर्मिरे माइक्रो फाइनान्स,किसान माइक्रो र नाङी पावर कम्पनीको शेयर भाउ पनि दशप्रतिशलनै बढेको छ । किसानमाइक्रोले ६१ प्रतिशत बोनस घोषणा गरेपछि भाउ उचालिएको हो भने नाङी पावर कम्पनीको केहीदिन अगाडि मात्र शेयर कारोबार खुलेका कारण शेयर भाउ बढेको हो ।
नेरुडे लघुवित्त, अल्पाइन डेभलपमेन्ट,राप्तीभेरी विकास बैंक तथा एक्सल डेभलपमेन्ट बैंक .लगायतका कम्पनीका शेयरधनी धेरै गुमाउनेमा परेका छन् ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।