सानिमा बैैंकले फेरि ३० प्रतिशत हकप्रद ल्याउने

Sep 21, 2016 merolagani

गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको सानिमा बैंक (SANIMA) ले फेरि ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले गत आर्थिक बर्षमा मात्रै ५० प्रतिशत हकप्रद जारी गरेको थियो ।



गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले लगानीकर्तालाई हकप्रद पछिको चुक्ता पूँजीको १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुगेकोमा बोनस बितरण पश्चात बैंकको पूँजी ५ अर्ब २८ करोडको हाराहारीमा पुग्नेछ।


त्यसपछि बैंकले ३० प्रतिशत अर्थात एक अर्ब ५८ करोड बराबरको हकप्रद शेयर जारी गर्नेछ । हकप्रद शेयरजारी गरेपछि कम्पनीको पूँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।