राष्ट्र बैंक भन्छ - 'चालु आर्थिक बर्ष झनै चुनौतीपूर्ण, रेमिट्यान्स घट्यो, ब्यापार घाटा बढ्यो'

Sep 22, 2016 merolagani

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको समग्र आर्थिक बृद्धि दर प्रभावित हुने आकलन गरेको छ ।चालु आर्थिक बर्षको पहिलो महिना अर्थात श्रावणमसान्त सम्मकोे विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु आर्थिक बर्ष झनै चुनौतीपूण रहेको निष्कर्ष निकालेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो महिनाको तुलनामा यसअवधिमा उपभोक्ता मुद्रास्फीति घटेपनि गतबर्षको तुलनामा भने बढेको छ । 



ब्यापार घाटा बढेको छ भने बिपषण आप्रबाहमा कमी आउनु चिन्ताको बिषय भएको राष्ट्र बैंकले औल्याएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो महिना अर्थात श्रावण मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दे मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनमा प्रत्यक्ष एवं परोक्ष रुपमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको विप्रेषण आप्रवाह (रेमिटेन्स) को बृद्धि कमजोर हुँदै आएकाले यसबाट सेवा क्षेत्रको बृद्धिका साथै समग्र आर्थिक बृद्धि दर नै प्रभावित हुने जोखिम देखिएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.५् प्रतिशतले घटी ५१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २६.३ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाह घटेको कारण खुद ट्रान्सफर आय २.५ प्रतिशतले कमी आई ५९ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९.७ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७३ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । २०७२ साउन महिनामा यस्तो मुद्रास्फीति ६.९ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, दलहन तथा गेडागुडी, तरकारीे, फलफूल, विविध वस्तु तथा सेवाहरु, लत्ताकपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकोले समग्र उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न गएको हो ।

आर्थिक बर्ष २०७३ को पहिलो महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले वृद्धि भई ६ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा कुल वस्तु आयात १३ प्रतिशतले बढेर ७० अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.२ प्रतिशतले वृद्धि भएको थियो ।  समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३.६ प्रतिशतले बढी ६३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८.७ प्रतिशतले बढेको थियो । 

 

गत बर्षको भुकम्प एवं बन्द हड्तालका कारण सुस्त रहँदै आएको पर्यटन क्षेत्र अझैसम्म पुनरुत्थान हुन सकेको छैन । होटल एसोसिएसनका अनुसार बर्षात एवं अफसिजनसमेत भएकाले पर्यटक स्तरीय होटलहरुमा वेड अकुपेन्सी दर औषत ३० प्रतिशत हाराहारी मात्र रहेको राष्ट्र बैंकको भनाई छ ।

चालु आर्थिक बर्षका लागि सरकारले गर्ने पुँजीगत खर्चमा उल्लेख्य बृद्धि (बजेट बढाएको) गर्नुका साथै त्यसको कार्यान्वयनका लागि जोड दिइएको एवं पुनर्निर्माण कार्यले गति लिने सन्दर्भमा औद्योगिक क्षेत्र अन्तर्गत निर्माण सम्बद्ध उद्योगहरुको साथै समग्र उद्योग क्षेत्रको क्षमता उपयोग तथा उत्पादन विस्तार हुने अपेक्षा  राष्ट्र बैंकको छ ।

नेपाली कृषि क्षेत्रको उत्पादन बृद्धिमा मौसमी अवस्थाको प्रमुख भूमिका रहँदै आएको सन्दर्भमा यस बर्ष मनसुन अनुकुल रहेकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसका साथै वालीनालीमा उल्लेख्य महामारी रोग र कीराको प्रकोप नदेखिएको एवं रासायनिक मल तथा किटनासक औषधिको उपलब्धता पनि सामान्य रहेकाले कृषि क्षेत्रमा यसको समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।