बैंकले दिने कर्जामा घरजग्गा धितोकै पल्लाभारी, सेयर धितो कर्जामा कति रकम परिचालन ?

Sep 22, 2016 merolagani

बैंक तथा बित्तीय संस्थाहरुले प्रबाह गर्ने कर्जामा घरजग्गा धितोकै पल्लाभारी रहेको देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो महिनाको बित्तीय प्रतिबेदनमा घरजग्गा धितो राखेर लिईएको कर्जा कुल कर्जाको ६०.०७ प्रतिशत रहेको छ । सेयर धितो कर्जाको अबस्था भने जम्मा कर्जाको २.२ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।



नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो एक महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलनमा सुधार आएको छ । यस अवधिमा वाणिज्य बैंक, वित्त कम्पनीहरुको निक्षेप संकलन र कर्जा परिचालन बढेपनि विकास बैंकहरुको भने निक्षेप तथा कर्जा परिचालन दुवैमा कमी आएको छ । 

राष्ट्र बैंकका अनुसार श्रावणमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः ०.३ प्रतिशत र २.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको निक्षेप ०.३ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.५ प्रतिशतले बढेकोछ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र वित्त कम्पनीहरुको कर्जा प्रवाह क्रमशः ०.९ प्रतिशत र ०.५ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ०.६ प्रतिशतले घटेको छ ।वार्षिक बिन्दुगत आधारमा २०७३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा २५.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशत, निर्माण क्षेत्रततर्फको कर्जा १.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ०.३ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १.७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले बढेको छ ।

२०७३ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.३ प्रतिशत र १२.९ प्रतिशत रहेको थियो ।

२०७३ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा रु. २५३ अर्ब ४२ करोड (प्रति ग्राहक रु. १ करोडभन्दा कमको रु. १४५ अर्ब ८८ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हुन आउँछ ।

२०७३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत (रु. ३७ अर्ब २८ करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत (रु. ३५ अर्ब ७४ करोड) छ ।समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) ५.७ प्रतिशत (रु. ४ अर्ब १५ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.२ प्रतिशतले बढेको थियो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।