लघुवित्तको सेयर मूल्य अस्वभाविक रुपमा बढाईएकोमा राष्ट्र बैंक चिन्तित,गभर्नर भन्नुहुन्छ-चाँडै नियन्त्रण हुन्छ

Sep 22, 2016 Merolagani



सेयर बजारमा लघुवित्त कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढाइँदा पूँजी बजारमै खतरा उत्पन्न भएको भन्दै राष्ट्र बैंकका अधिकारीहरु चिन्तित भएका छन् ।

गभर्नर डा. चिरन्जीवी नेपालले केही समय यता लघुवित्त संस्थाहरुको सेयर मूल्यमा चलखेल भएकाले राष्ट्र बैंक गंभीर भएको बताउनु भएको छ ।

 उहाँले चाँडै नै त्यसलाई नियन्त्रण गर्न आबश्यक कदम चालिने संकेत पनि गर्नुभएको छ । नेपाल लघुवित्त बैंकर्स संघको १० औँ साधारणसभालाई राजधानीमा सम्बोधन गर्दै गभर्नर नेपालले खराब प्रबृत्तिलाई नियन्त्रण गर्न आफूहरु गंभीर भएको उल्लेख गर्नुभयो ।

एक जिल्ला कार्य क्षेत्र र दुई करोड चुक्ता पूँजी भएको लघुवित्त संस्थाको सेयर मूल्य अस्वभाविक रुपमा बढेर प्रतिकित्ता पाँच हजार रुपैयाँसम्म पुगेको छ । यसले सेयर बजारलाई खतरामा पार्नसक्ने भन्दै गभर्नरले आबश्यक नियन्त्रणका लागि धितोपत्र बोर्डसँग गम्भीर छलफल भएको जानकारी गराउनु भएको छ ।

आठ अर्ब रुपैयाँ पुँजी पुग्न लागेको वाणिज्य बैंकको सेयर प्रतिकित्ता पाँचसय रुपैयाँ हुँदा एक जिल्ला कार्यक्षेत्र भएको लघुवित्तीय संस्थाको सेयर मूल्य पाँच हजार रुपैयाँसम्म पुग्नुले पूँजी बजारलाई खतरामा पारेको भन्दै उहाँले नियन्त्रणका लागि चाँडै कदम चालिने जनाऊ दिनुभयो ।

लघुवित्तको ब्याज दर अन्तरलाई ७ प्रतिशतमा कायम राख्नुपर्ने भन्दै बैंक तथा बित्तीय संस्थाहरुको स्प्रेड दर पनि पाँच प्रतिशतबाट अझै खुम्च्याउनुपर्ने बेला आएको तर्क गर्नुभयो ।

अब जभाभावी लघुवित्त संस्थाहरु खोल्न नदिईने र ई म्यापिड.कोआधारमा मात्र लघुवित्त खोल्न स्वीकृति दिने नीति बनाईएको उहाँले दोहोर्याउनु भयो ।

उहाँले लघुवित्तहरुको कर्जा प्रबाहमा दोहोरोपना रहेको भन्दै त्यसलाई कडाईका साथ नियन्त्रण गरिने उहाँले बताउनु भयो ।

कार्यक्रममा लघुवित्त बिकास बैंक संघका अध्यक्ष धर्मराज पाण्डेले लघुवित्त बैंकहरुले भोग्नु परेको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गर्नुभएको थियो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।