सेवा बिकास बैंकले पनि पायो हकप्रदको स्वीकृति, १२० प्रतिशत हकप्रद आउने भयो भन्दैमा नउचालिनुस्

Sep 23, 2016 Merolagani

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने दौडमा रहेको सेवा बिकास बैंकले एकसय बीस प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आबेदन गरेकोमा बोर्डले असोज ६ गते स्वीकृति दिएको हो । 

४२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको १२० प्रतिशत हकप्रद जारी पछि ९३ करोड नाघ्ने छ । बैंकको जगेडा कोषमा २२ करोड रुपैयाँ रहेको छ ।

सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो

सेवा विकास बैंकले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो । अघिल्लो बर्ष बैंकले ७ करोड ५० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

यसअवधिमा बैंकले ४ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ८ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ

बैंकको खुद व्याज आम्दानी, सञ्चालन मुनाफा बढेपछि नाफा बढेको हो। बैंकको खराब कर्जा शुन्य दशमलव ४२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १२ दशमलव ५४ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २५ दशमलव ३० रुपैयाँ, मूल्य आम्दानीको अनुपात २१ दशमलव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५२ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ८८ प्रतिशत रहेको छ ।

हकप्रदमा धेरै नउचालिनुस 

धेरै परिमाणमा हकप्रद जारी गर्ने भयो भन्दैमा लगानीकर्ताहरुले उचालिएर सेयर किन्नु भने अहिलेको अबस्थामा फाईदाजनक नहुनसक्छ । धेरै कम्पनीको हकप्रद भर्नुपर्ने अबस्थामा पैसा खोज्दैको सास्ती पनि भेग्नुपर्ने अबस्था आउनसक्छ । 

हकप्रद जारी गर्न स्वीकृति पाएका  १४ वटा कम्पनीको मात्रै झण्डै ७ अर्बको सेयर जारी हुने प्रक्रियामा रहेकोछ  भने हकप्रद स्वीकृतिको पखार्इृमा रहेका १६ वटा कम्पनीको ७ अर्ब २१ करोड भन्दा बढीको हकप्रद सेयर आउने छ । त्यस बाहेक साधारणसभाबाट प्स्ताव पारित गराएका र तयार पार्दै गरेका अरु धेरै कम्पनीहरु हकप्रद जारी गर्न आबेदन लिएर धितोपत्र बोर्ड जानै बाँकी छ । 

पूँजीवृद्धिको चटारोले हकप्रदको बाढी,पौने सात अर्ब बराबरको हकप्रद पाइपलाइनमा

सानिमा बैैंकले फेरि ३० प्रतिशत हकप्रद ल्याउने 

मुक्तिनाथको ५० प्रतिशत हकप्रद आबेदन असोज २१ गते खुल्ने

गुहेश्वरी मर्चेण्टको हकप्रद निश्काशन असोज २१ गतेदेखि

सिद्धार्थ बैंकलाई हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डले दियो स्वीकृति

कृषि बिकास बैंकको ५० प्रतिशत हकप्रदका लागि असोज १० गते सेयरधनी दर्ता किताब बन्द

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।