एक अर्बको नबिल ईक्विटी फण्डमा अन्तिम दिनसम्ममा कति पर्यो आबेदन ?

Sep 23, 2016 merolagani



नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडले निश्काशन गरेको नबिल इक्विटी फन्डमा आगामी दिनमा सामुहिक लगानी कोषको ईकाई बिक्रीमा ल्याउन चाहने कम्पनीहरुलाई ब्यापक मात्रामा उत्साहित पार्ने गरी आबेदन परेको छ । यसअघिका सामुहिक लगानी कोषका ईकाईहरुमा खासै धेरै आबेदन नपर्ने गरेको रेकर्ड हेर्दा एक अर्बको नबिल ईक्विटी फण्डमा ६ गुणा भन्दा बढी रकमको आबेदन पर्नुलाई रेकर्ड ब्रेक मान्नुपर्छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ल्याएको एक अर्ब रुपैयाँको दोस्रो म्युचअल फन्ड नबिल इक्विटी फन्डमा करिब ६ अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माग गरेभन्दा बढी आवेदन परेपछि यो फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड पुग्ने भएको छ ।

कम्पनीले प्रति इकाइ १० रुपैयाँ दरका आठ करोड ५० लाख वटा इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीले १० करोड ईकाइमध्ये १५ प्रतिशत कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणलाई बिक्री गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख अनुज थापाका अनुसार ८५ करोडको नबिल इक्विटी फन्डका लागि ६ अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको हो। अझै डेटा फाइनल हुन बाँकी रहेकाले केही तलमाथि हुन सक्ने थापाले बताए ।

फण्डमा माग गरेको भन्दा अधिक मात्रमा आवेदन परेपछि यसको आकार समेत बढेर एक अर्बबाट एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार माग गरिएको भन्दा धेरै आवेदन पर्दा २५ प्रतिशतसम्म आकार बढाउन सक्ने प्रावधान रहेको छ ।

असोज २ गतेदेखि इक्विटी फन्डका लागि आवेदन खुला गरिएको थियो। माग गरिएको भन्दा बढी आबेदन परपछि विहिबार नै यसको बिक्री बन्द गरिएको नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

नबिलको यो दोस्रो योजना हो । यसअघि नबिल ब्यालेन्स फण्ड १ जारी गरी अधिकांश रकम शेयर बजारमा परिचालन गरिरहेको छ । यस योजनाको पनि अधिकांश रकम शेयर बजारमै परिचालन हुने स्पष्ट पारिएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।