सेन्चुरी बैंकले पनि थपेन हकप्रद भर्ने म्याद, आज नै अन्तिम

Sep 25, 2016 Merolagani



सर्बसाधारणका लागि जारी गरिएको हकप्रद सेयर नबिकेमा लिलाममा मज्जाले बिक्ने र त्यसबाट बैंकलाई निकै आम्दानी हुन थालेपछि हकप्रद भर्ने भ्याद थप्न छाडिएको छ । बैंकहरुले पहिले आफ्ना धेरै लगानीकर्ताले हकप्रद भर्न पाउन भन्ने उद्धेश्यले दोस्रो पटक सूचना जारी गर्दै म्याद थप्ने गरेकोमा पछिल्लो समय त्यो हटेको छ ।

 

त्यही क्रमलाई निरन्तरता दिदै पछिल्लो समयमा ३० प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्रीमा राखेको सेन्चुरी कमर्शियल बैंक(CCBL)ले आजैदेखि हकप्रदको आबेदन लिन बन्द गर्दैछ ।

सेन्चुरी कमर्शियल बैंकले भदौ ५ गतेदेखि ३० प्रतिशत अर्थात हाल कायम १० सेयर बराबर ३ सेयरका दरले हकप्रद भर्न लगानीकर्ताहरुमा सूचना जारी गरेको थियो । उसले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ८५ लाख २२ हजार चार सय कित्ता बिक्रीमा राखेको थियो ।

सिभिल क्यापिटल कमलादी र सेन्चुरी बैंकका शाखा कार्यालयहरुमा आबेदन पत्र प्राप्त गरी रकमसहित बुझाउन सकिने ब्यवस्था बैंकले मिलाएको छ । आईतबार बैंकिड. समय पश्चात हकप्रदको आबेदन नलिईने भएकाले समयमै हकप्रद सुरक्षित गर्न बैंकले सेयरधनीहरुमा आब्हान गरेको छ ।

एक सय रुपैयाँमा नयाँ सेयर पाईने हुनाले सेयरधनीहरुलाई यो सस्तोमा सेयर किन्ने मौका हो तर सबै सेयरधनीको पहुँचमा सूचना नपुग्ने र कतिपय स्थानमा हकप्रद आबेदन पत्र र संकलन केन्द्र नहुने नहुनाले सेयरधनीहरु बंचित रहँदै आएका छन् । नेपाल धितोपत्र बोर्डले हालै सूचिकृत कम्पनीहरुको नाममा निर्देशन जारी गर्दै हकप्रदको आबेदन पत्र पनि अनलाईनमा उपलब्ध गराउन र संकलन केन्द्र थप्न निर्देशन दिएकाले आगामी दिनमा सहज हुने अपेक्षा गरिएको छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।