सनराईज बैंकको साधारणसभा कार्तिक ७ मा, असोज १६ गतेसम्म सेयर किन्नेले मात्र बोनस पाउने

Sep 26, 2016 Merolagani

सनराईज बैंक(SRBL)ले कार्तिक ७ गते नबौं बार्षिक साधारणसभा गर्ने मिति तोकी ३ कित्ता बराबर १ कित्ता बोनस सेयर र १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाने भएको छ । बैंक संचालक समितिले साधारणसभा र बोनस सेयर प्राप्त गर्ने प्रयोजनका लागि असोज १७ गते सेयरधनी दर्ता किताब बन्दको मिति तोकेकाले बोनस खान त्यस अगाबै सेयर किनिसक्नु पर्ने भएको छ ।

 साधारणसभामा संचालकहरुको निर्वाचनको कार्यसूची पनि तोकिएको छ ।

्सनराईजले आईतबार मात्रै एनआईडीसी क्यापिटल मार्केटलाई खरिद गर्ने सम्झौता गरेको थियो ।

खुद नाफा र जगेडा कोषबाट ३३.३३ प्रतिशत बोनस जारी गर्ने घोषणा बैंकले गरेको छ ।  हाल तीन अर्व ९७ करोड चुक्ता पूँजी रहेको सनराइज बैंकको बोनस शेयर निष्काशन तथा एनआईडीसी क्यापिटल मार्केट्स प्राप्ति पछि चुक्ता पुंजी झण्डै ५ अर्व ५० करोड पुग्ने छ । एनआईडीसीलाई एक्वाएर गर्नु अघिको सेयरमा हकप्रद जारी हुने भएकाले चुक्ता पूँजी झण्डै ७ अर्ब पुग्ने देखिएको छ ।

सनराइज बैंक ले हाल ५३ अर्वको निक्षेप संकलन गरी  ४७ अर्वको कर्जा प्रवाह गरेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।