यी कम्पनीको शेयरमा किनभयो लगानीकर्ताको हारालुछ ?

Sep 28, 2016 merolagani

बुधबार शेयरबजार ओरालो लागेपनि तीन कम्पनीका शेयरमा भने लगानीकर्ताको हारालुछ परेको छ । जसका कारण यी तीन कम्पनीहरुको शेयरभाउ समेत बढेको छ । एक वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीको शेयरमा लगानीकर्ताको नजरमा परेपनि अधिकासंले शेयर भने खरिद गर्न पाएनन् । कुन हुन ती कम्पनी ?

बुधबारको बजारमा लगानीकर्ताको पहिलो नजरमा परेको कम्पनी हो बैंक अफ काडमाण्डौ लुम्बिनी । भर्खरै बैंक अफ काडमाडौ र लुम्बिनी बैंक मर्ज भएर सेयरबजारमा प्रवेश गरेको यो वाणिज्य बैंकको शेयरमा धेरै लगानीकर्ताको आर्कषण देखियो ।

मर्जरपछि बैंकको आजैबाट कारोबार खुलेको हो । बैंक अफ काडमाडौले गतबर्ष दिएको बोनस समायोजन भएपछि प्रतिकित्ता ४६४ मा नै बैंक अफ काडमाण्डौ लुम्बिनीको कारोबार खुलेको थियो । मर्जर सम्झौता पछि कारोबार रोक्का हुँदा बैंकको प्रतिकित्ता शेयर मूल्य ५ सय ८५ रुपैंया रहेको थियो । बजारमा कारोबार रहेका अन्य वाणिज्य बैकहरुको तुलनामा यो बैंकको शेयरभाउ कम हुनु तथा भर्खरै मर्जर सकेर थप बलियो बनेर बजारमा आएका कारण पनि यो कम्पनीको शेयर लगानीकर्ताको नजरमा परेको हो । माग अत्याधिक भएपछि कम्पनीको शेयरमूल्य समेत दश प्रतिशतले उकालो लागेको छ ।

बीओकेएलको सेयर कारोबार खुलेको सूचना नेप्सेमा आउने बित्तिकै एक लाख चालिस हजार कित्ता सेयर किन्न लगानीकर्ताहरु बसेको मार्केट डेब्थमा देखिएको थियो । यो माग क्रमश बढेर झण्डै तीन लाख कित्तासम्म पुगेको थियो । माग अत्याधिक बढेपछि कम्पनीको शेयरमूल्य समेत दश प्रतिशतले बढेर प्रतिकित्ता ५१० रुपैयाँ पुग्यो ।

यसैगरी बुधबारको बजारमा लगानीकर्ताको नजरमा परेको अर्को कम्पनीको हो ज्योति विकास बैंक । झिमरुक बिकास बैंकलाई आफुमा गाभेको ज्योति बिकास बैंकको पनि मंगलबारबाट मात्र नेप्सेमा कारोबार खुलेको थियो । दुईदिनको बीचमा यो कम्पनीको पनि शेयरमूल्य बढेर २०२ रुपैयाँ पुगेको छ । बुधबार ज्योति विकास बैंकको शेयरमूल्य पनि दश प्रतिशतले नै बढेको हो । यो कम्पनीको पनि बजारमा शेयरको अत्याधिक माग रहेको थियो ।

डेढ वर्ष भन्दा लामो समयसम्म बीमा सम्बन्धि कारोबार बन्द भएर केही साता अगाडि मात्र नेप्सेमा कारोबार खुलेको एनबी इन्स्योरेन्समा पनि लगानीकर्ताको उत्तिकै चासो देखिएको छ । कम्पनीको बजारमूल्य अत्यन्त न्यून भएकाले पनि यो कम्पनीको शेयरमा लगानीकर्ताको चासो देखिएको हो । अहिले विमा कम्पनीहरुको शेयरभाउ आकासिरहेको बेलामा यो कम्पनीको शयरमूल्य निकै कम रहेको छ । यो कम्पनीको नेप्सेमा प्रतिकित्ता शेयर मुल्य ८१ रुपैंया कायमगरि केही साता अगाडि कारोबार खुलेको थियो

समस्याग्रस्त अवस्थामा पुगे पछि बीमा समितिको कार्वाहीमा परेको कम्पनी आइएमई समुहले लिए पछि बीमा कारोबार सुचारु भएको लामो समय पछि मात्र शेयर कारोबार खुलेको भएको हो । अहिले कम्पनीको चुक्ताँ पूजीँ २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीले १०ः८ को अनुपातमा हकप्रद शेयर समेत निष्कासन गरिसकेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।