नवप्रवेसी कम्पनीले तताए बजार,कारोबार घटेपनि नेप्सेमा उच्च सुधार

Oct 03, 2016 merolagani

मर्जर तथा एक्विजिशनको प्रक्रिया पुरा गरेर र तोडेर भर्खरै सेयर बजारमा कारोबार खुलेका नवप्रवेसी कम्पनीहरुको सेयरको माग अत्याधिक बढ्दा सेयर बजारमा हरियाली छाएको छ । विशेषगरी मर्जर सकेर र भाँडेर सेयरबजारमा छिरेका तीन वाणिज्य बैंकमा लगानीकर्ताको आर्कषण उच्च देखिएको छ । यी कम्पनीहरुको सेयरको माग अत्याधिक बढ्दा सेयरमूल्य समेत दश प्रतिशतका दरले बढेको छ ।

सोमबार पनि सेयरबजार दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा भने गिरावट देखिएको छ । कारोबारमा आएका अधिकांस समूहका उपसूचक उकालो लागेपछि समग्र बजार बढेको हो । मर्जर तथा एक्विजिशनको प्रक्रिया पुरा गरेर र तोडेर भर्खरै सेयर बजारमा कारोबार खुलेका नवप्रवेसी कम्पनीहरुको सेयरको माग अत्याधिक बढ्दा सेयर बजार उकास्न टेवा पुगेको देखिन्छ । 

सोमबार सेयरबजार परिसूचक नेप्से १६.६२ अंकले उकालो लागेर १७८०.४० अंकमा पुगेको छ । कारोबार आएका अन्य समूह बाहेक सबै समूहको सूचक बढेपछि बजारमा हरियालि छाएको हो । सबैभन्दा धेरै बीमा समूह १३५ अंकले उकालो लागेको छ भने होटल २७,बाणिज्य बैंक १७, विकास बैंक १० अंकले बढेका छन् । यस्तै उत्पाद ७ र जलविद्युत ५ अंकले बढ्दा अन्य समूह करिब २ अंकले घटेको छ ।

 

सोमबारको बजारमा कुमारी बैंकको सेयरमा लगानीकर्ताको उच्च आर्कषण देखियो । यो कम्पनीको एक लाख २३ हजार बढी कित्ता सेयरको माग गरेका थिए । त्यस्तै बैंक अफ काठमाण्डू लुम्बिनीको सेयरमा पनि एक लाख भन्दा बढी कित्ता माग मार्केट डेप्थमा देखियो । आजैबाट कारोबारमा आएको प्रभु बैंकको सेयरमा पनि लगानीकर्ताको उच्च चाप परेको छ । यो बैंकको ९५ हजार कित्ता माग देखियो । त्यस्तै मर्जर सकेर केही दिन अगािड मात्र कारोबार खुलेको ज्योति विकास बैंकले पनि लगानीकर्ताको ध्यान तान्यो । यो बैंकको पनि ४० हजार कित्ता सेयर माग देखियो । माग अनुसारको आपूार्ति नभएपछि यी कम्पनीहरुको सेयरमूल्य समेत दश प्रतिशतका दरले बढेको छ ।

 

 कारोबारका हिसाबले एनबी बैंक सबैभन्दा अगाडि देखिएको छ । एनबी बैंकको १४ करोड बढीको सेयर किनबेच भयो भने शिखर इन्स्योरेन्सले पनि ८ करोड बढीको कारोबार गरेको छ । त्यस्तै एभरेष्ट बैंकको पनि ६ करोड बढीको सेयर किनबेच भयो । 

अझ बोनस तथा हकप्रदको कारणले सेयरधनी दर्ता किताब बन्द गरिसकेका कम्पनीहरुको सेयर सामान्य बिनकेच भए पनि बीमा क्षेत्रका कम्पनीहरुमा सेयर किन्नेहरुको चाप पर्न थालेको छ ।

१३६ कम्पनीको कारोबार भएको बजारमा ७९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रक भने अघिल्लो दिनको तुलनामा नौ करोडले कम हो । यसदिनको बजारमा नमस्ते वित्तीय संस्थका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।