नेपाल एसबिआइ बैंकले २८ प्रतिशत वोनस दिने,कति पूग्छ पूँजी?

Oct 03, 2016 merolagani

नेपाल एसबिआइ बैंक (SBI) ले २९.५३ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो ।


बैंकले प्रस्ताव गरको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । आठ अर्ब चुक्तापूँजी पुर्याउन बैंकले यसै आर्थिक बर्षभित्रमा अझै तीन अर्ब भन्दा बढी पूँजी जुटाउनु पर्ने देखिन्छ ।

गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकले जगेडाकोषमा ३ अर्ब ९ करोड ४० लाख रुपैयाँ राखेको छ । यसअवधिमा बैंकको निक्षेप ६५ अर्ब २१ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने ४६ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३४ दशमलव २९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५४ दशमलव ६८ गुणा, नेटवर्थ १ सय ७९ रुपैयाँ ६७ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ४५ प्रतिशत रहेको छ ।

एसबिआइ भारतीय संयुक्त लगानीको नेपाली बैंक हो । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।