सानिमा बैंकलाई सेयर लिलाममा पनि ठूलो सफलता, क-कसले पाए हकप्रदमा नबिकेको सेयर ?

Oct 03, 2016 Mero Lagani

सानिमा बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका दौरान बिक्री नभएर लिलाम गरेको १ लाख ६८ हजार ५ सय ३१ कित्ता शेयर २ सय ३६ आवेदकले सकार्ने मौका पाएका छन् । असोज ९ गतेदेखि लिलाममा राखिएको शेयरको बोलकबोल सानिमा क्यापिटलको कार्यलय नक्सालमा सोमबार खोलिएको हो ।

बैंकले लिलाम गरिएको शेयरलाई पनि प्रस्तावित १५ प्रतिशत बोनस बितरण गर्ने जनाएकोमा  बोनस समायोजन भएकै बेला बोलकबोल गरिएको शेयरका लागि समायोजित मूल्यमा धेरै आवेदन परेको थियो । लगानीकर्ता अन्यौलमा परेका कारण पनि कति रुपैंयाको आवेदन गर्ने भन्ने अन्यौलता रहेको थियो ।

सबैभन्दा धेरै मूल्य ८ सय ५ रुपैंयामा बैंकको शेयर सकारिएको छ भने शेयर सकार्ने न्युनतम मूल्य ६ सय ९० रुपैंया कायम भए पछि उक्त मूल्यमा २ सय ३६ आवेदकले शेयर सकार्ने मौका पाएका छन् । बैंकको प्रतिकित्ता शेयर औसतमा ७ सय ४ रुपैंयाले लिलाम भएको छ । कुल ७ सय ५३ वटा आवेदन परेकोमा प्रति कित्ता एक सय रुपैयामा सेयर माग गर्दै पनि आवेदन परेको थियो ।

औसत मूल्यका आधारमा प्रतिकित्ता १ सय रुपैंयाको आधार मूल्य बाहेकको ६ सय ४ रुपैंयाका दरले १ लाख ६८ हजार ५ सय ३१ कित्ता शेयरबाट बैंकले १० करोड १७ लाख ९२ हजार रुपैंया भन्दा बढी प्रिमियम संकलन गरेको छ ।

बैंकले गत असार १२ गतेदेखि साउन १६ गतेसम्म ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा १ लाख ६८ हजार ५ सय ३१ कित्ता शेयर हकप्रदमा बिक्री नभएपछि लिलामबाट बिक्री गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।