अरनिकोको ३६ प्रतिशत हकप्रद कातिक ८ गतेबाट,माउण्ट मकालुको भर्ने आज अन्तिम दिन

Oct 05, 2016 merolagani

अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले आगामि कात्तिक ८ गतेबाट ३६ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । यस्तै डेढ सय प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको माउण्ट मकालु डेभलपमेण्ट बैंक (MMDBL) को आजबाट हकप्र बिक्री बन्द हुने भएको छ ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख २८ हजार कित्ता शेयर कात्तिक ८ गतेबाट निष्कासन गर्ने भएको छ । असोज २८ गतेसम्म कायम बैंकका शेयरधनीले १० कित्ता शेयर बराबार ३ दशमलव ६ कित्ता हकप्रद लागि आवेदन दिन पाउनेछन् । बैंकले असोज २९ गते शेयरधनी दर्ता पूस्तिका बन्द गर्देछ ।

हकप्रद बिक्री गरेर बैंकले ९ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ पूँजी थप्नेछ । हाल बैंकको २५ करोड ७८ लाख ३० हजार ६५० रुपैयाँको चुत्ता पूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।
गत आर्थिक वर्षमा बैंकले ५ करोड ८४ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

माउण्ट मकालुको हकप्रद बिक्री बन्द

माउण्ट मकालु डेभलपमेण्ट बैंकले १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद शेयर बिक्री आजबाट बन्द गरेको छ । बैंकले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद शेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । साउन २० गतेसम्म कायम बैंकका शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

बैंकको हाल २ करोड ६० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा ३९ लाख ८७ हजार खुद नाफा कमाएको थियो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।