देव: विकास बैंक ५० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्ड पुग्यो, असोजमा मात्र चार कम्पनीले दिए आवेदन

Oct 06, 2016 Mero Lagani

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि बोनस तथा हकप्रदको बाटो रोजेका बैंक तथा वित्तीय संस्थाहरु धमाधम शेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्ड गईरहेका छन् । देवः विकास बैंक (DBBL) पनि ५० प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । योसँगै असोज महिनामा हकप्रद निष्काशनको अनुमती माग्दै धितोपत्र बोर्ड पुग्ने वित्तीय संस्थाको संख्या चार पुगेको छ ।

८८ करोड १० लाख ८८ हजार रुपैंया चुक्ता पूँजी रहेको देवः विकास बैंकले ५० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैंया पुग्नेछ । बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद पारित गरेको थियो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

गत आर्थिक वर्षमा ७ अर्ब ४७ करोड ८४ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकको जगेडा कोषमा २५ करोड ८९ लाख ४९ हजार रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षमा ६ अर्ब ९ करोड ५१ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको पूँजीकोष अनुपात १५ दशमलब ४ प्रतिशत, निष्कृय कर्जा अनुपात ३ दशमलव ९९ प्रतिशत रहेको छ ।

प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५० पैसा रहेको बैंकले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन । बैंकको प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैयाँ ३९ पैसा, तरलता अनुपात १० दशमलब ३७ प्रतिशत र मुल्य आम्दानी अनुपात २० दशमलव ७१ गुणा छ ।

देवः विकास बैंक सहित असोज महिनामा मात्र हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिने वित्तीय संस्थाको संख्या ४ पुगेको छ । सगरमाथा फाइनान्सले ८० प्रतिशत, मन्जुश्री फाइनान्सले १ सय ७५ प्रतिशत र नमस्ते वित्तीय संस्थाले शतप्रतिशत हकप्रद निष्काशनका लागि आवेदन दिएका छन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus