हेर्नुहोस, यी कम्पनीमा के के भयो ? आधा दर्जन बढी सुचिकृत कम्पनीका शुक्रबारका खबर यस्ता छन्

Oct 07, 2016 Merolagani



दशैं विदा सुरु हुने अहिल्लो दिन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालक नियुक्तिदेखि राष्ट्र बैंकबाट बोनसको प्रस्ताव स्वीकृत तथा शेयर रजिष्ट्रार परिवर्तन भएका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक, मितेरी डेभलपमेण्ट बैंक, एस डेभलपमेण्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त लगायत कम्पनीका सम्बन्धमा शुक्रबार आएका खबर यस्ता छन् ।

राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो वाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) मा भुवनेश्वरप्रसाद शर्मा, निरञ्जनलाल श्रेष्ठ र विनोदकुमार गुरागाई सञ्चालक नियुक्त भएका छन् । साधारण सभाले गरेको निर्णय अनुसार बैंकमा उनीहरु सञ्चालक नियुक्त भएका हुन् ।

एता सोल्टी होटल (SHL) मा पनि जयराज्य लक्ष्मी शाह सञ्चालक नियुक्त भएकी छन् । उनको कार्यकाल असोज १७ गतेदेखि नै सुरु भएको बताइएको छ ।

५० प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको धरानको मितेरी डेभलपमेण्ट बैंक (MDB) ले प्रस्ताव गरेको बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस तथा १ दशमलव ५८ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको थियो । ५० प्रतिशत हकप्रदका लागि शेयरधनी पुस्तिका बन्द गरीसकेको बैंकले बोनस तथा सभारण सभाको लागि बुक क्लोज गर्न बाँकी छ ।

२० प्रतिशत बोनस प्रस्ताव गरेको जनउत्थान सामुदायिक लघुवित्त (JSLLB) को शेयर निष्काशन तथा बिक्री प्रबन्धक परिवर्तन भएको छ । असोज १९ गतेदेखि उसले सिद्धार्थ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकमा एक्वायर सम्झौता गरेको एस डेभलपेण्ट बैंक (ACEDBL) ले साधारण सभाको मिति तोकेको छ । कात्तिक १२ गतेका लागि साधारण सभा बोलाएको बैंकले सोही प्रयोजनका लागि कात्तिक २ गतेदेखि शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय पनि गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० दशमलव २५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको थियो ।

कुबेर मर्चेण्ट फाइनान्स (KMBSL) ले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७१/०७२ सम्मको ६ आर्थिक वर्षको साधारण एकै पटक आह्जान गरेको छ । उसले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव नगरी अन्य नियमित कृयाकलापका विषयलाई साधारण सभामा प्रस्तावका रुपमा लैजाँदैछ । साधारण सभा कात्तिक १९ गते फाइनान्सको केन्द्रिय कार्यालय ज्ञानेश्वरमा हुँदैछ ।

धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति पाएको जनता बैंक (JBNL) ले संस्थाक शेयरधनीलाई हकप्रद वापतको रकम भुक्तान गर्नका लागि आग्रह गरेको छ । कल इन एडभान्स उपलब्ध गराउनका लागि बैंकले जनता बैंकमा रहेको एनसीएम जनता राइट नामको ००१०० १०० २७४४ १०५ नम्बरको बैंक खाता उपलब्ध गराएको छ ।

उता कैलाश विकास बैंक (KBBL) ले संस्थापक शेयर बिक्री गर्ने भन्दै अरु संस्थापकहरुलाई शेयर खरिद गर्न आग्रह गरेको छ । केही संस्थापक शेयरधनीहरुले आफुसँग रहेको संस्थापक शेयर बिक्री गर्न चाहेको भन्दै कैलाशले असोज २१ ग्तेका दिनबाट ३५ दिन भित्रमा बैंकमा संस्थापक शेयर किन्नका लागि बैंकमा आवेदन दिन अरु संस्थापक शेयरधनीलाई आग्रह गरेको छ । बैंकले बेच्न लागेको शेयरको संख्या तथा विबरणहरु भने खुलाएको छैन ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।