दसैं अघि भएको कारोबारको रकम भुक्तान गर्न नसकेपछि फेरि अर्को सेयर दलाललाई सात दिने बन्देज

Oct 14, 2016 merolagani



सेयर किनबेच गरिएको रकम राफसाफ गर्न नसकेपछि फेरि अर्को सेयर दलालको कारोबार सात दिनका लागि रोक्का भएको छ । दसै अगाडि किनबेच गरिएको सेयरको रकम राफसाफ गर्न नसकेपछि पाँच नम्बर सेयर दलाल मार्केट सेक्युरिटिज एक्सेचन्ज कम्पनी प्राईभेट लिमिटेड सात दिनका लागि कारोबार गर्नबाट बंचित भएको हो ।


पाँच नम्बर सेयर दलालले दसैं बिदा हुनुभन्दा अघिको अन्तिम कारोबारमा दुई करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनेको थियो भने एक अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर बेचेको थियो ।

सेयर किनबेच गरिएको रकम बुझाउन नसकेमा सेयर दलाललाई सामान्य कारबाही स्वरुप एक साता कारोबार रोक्ने नियम छ । पटक पटक यसरी रकम नबुझाएमा र गम्भीर खालका गल्ती गरेमा सेयर दलालको लाईसेन्स नै खारेज गर्न सकिने प्राबधान पनि छ । यसअघि समयमा रकम राफसाफ  नगर्नेअरु दलालहरुको कारोबार पनि यसैगरी रोकिएको थियो । बारम्बार रकम बुझाउन नसकेर कारोबार रोक्का हुने गरेको अरुण सेक्युरिटिजको चर्चा भने अहिले हराएको छ ।

नेप्सेले प्रस्ताव गरेको ट्रेड ग्यारेन्टी फण्ड संचालनमा आएपछि भने कुनै सेयर दलालले रकम बुझाउन नसकेमा सो फण्डबाट रकम लिएर सीडीएससीमा राफसाफ गनै सकिने हुनसक्छ । नेप्सेले धितोपत्र दलालहरुको समस्या समाधान गर्न चासो देखाउँदै अक्सन मार्केट र ट्रेड ग्यारेन्टी फण्डसम्बन्धी ब्यवस्था गर्न मस्यौदा तयार पारी धितोपत्र बोर्डलाई सिफारिस गरेको बुझिएको छ ।

यो समाचार अन्य मिडियाहरुले मेरोलगानी डटकमको अनुमति बिना प्रयोग नगर्नुहोला । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।