सेती फाईनान्सको १५० प्रतिशत हकप्रदका लागि आयो सेयरधनी दर्ता किताब बन्दको सूचना तर नउचालिनुस्

Oct 14, 2016 merolagani



कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्स(SETI)ले हाल कायम एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्न सेयरधनी दर्ता किताब बन्दको सूचना जारी गरेको छ । फाईनान्सले कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । कार्तिक ९ गतेसम्म सेयर किनी आफ्नो. हक सुरक्षित गर्नेले सेतीको हकप्रद सेयर प्रति कित्ता १०० रुपैयाँमा किन्न पाउने छन् ।


६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाईनान्सले गत बर्ष ८४ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा गरेर प्रति सेयर आम्दानी १३ रुपैयाँ कायम गरेको थियो । हकप्रद जारी गरेपछि फाईनान्सको चुक्ता पूँजी १५ करोड हाराहारीमा पुग्ने छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आफैले कायम गर्न नसक्ने हुनाले कुनै संस्थासँग मर्ज वा एक्विजिशनमा जानुपर्ने बाध्यता यसलाई पनि पर्नसक्छ ।

कमाई पनि धेरै नभएको र हकप्रद पछि बोनस सेयर आउने अनुपात पनि कम हुने भएकाले हकप्रदको लोभमा उचालिएर सेयर नकिन्दा नै राम्रो हुन्छ किनभने हकप्रदको हल्ला र बजारमा सेयर कम भएकाले उसको सेयर मूल्य पहिले नै ५२५ रुपैयाँ पुगेको छ । उसको जगेडा कोषमा एक करोड ८२ लाख ५६ हजार रुपैयाँ र निस्क्रिय कर्जा अनुपात २.४५ प्रतिशत छ ।

यो समाचार अन्य मिडियाहरुले मेरोलगानी डटकमको अनुमति बिना प्रयोग नगर्नुहोला । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।