सोमबार कार्यालय समय सुरु भए पछि धमाधम नेप्सेको वेबसाइटमा नबिकरण शुल्क नबुझाएका कारण शेयर कारोबार रोक्का गरेका कम्पनीहरुको सुची सार्वजनिक हुन थाल्यो । २५ कम्पनीको शेयर कारोबार नबिकरण
शुल्क नबुझाएका कारण नै ती कम्पनीको शेयर कारोबार रोक्का भएकोमा सोमबार केही कम्पनीहरुले शुल्क बुझाउन थाले पछि तत्कालै शेयर कारोबार सुचारु गराइएको छ ।
२ महिना अघिदेखि नेप्सेले नबिकरण शुल्क बुझाउन आग्रह गर्दै सुचना वेबसाइटमा राखेको भए पनि कम्पनीहरुको संस्थागत सुसाशनको कमी अनि हेपाहा प्रवृत्तिका कारण समयमा नबिकरण शुल्क तिर्न कम्पनीहरु नगएका हुन् । केही प्रतिष्ठित कम्पनी पनि उक्त सुचीमा छन् ।
आफुलाई मात्र हेर्ने अनि लगानीकर्तालाई वेवास्ता गर्ने सुचीकृत कम्पनीको प्रवृत्तिका कारण कतिपय कम्पनीका शेयरहरु लगानीकर्ताले बेच्न र किन्न नपाउने अवस्था आएको हो ।
प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमास भित्रमा सुचिकरण शुल्क तिरेर नबिकरण गर्नु पर्ने कानुनी व्यवस्था भए पनि सुचिकृत कम्पनीहरुले नेप्सेलाई कानुन विपरित गएर हेप्ने गरेका कारण लगानीकर्ता त्यसको शिकार भएका हुन् । समयमै नबिकरण शुल्क नबुझाउने कम्पनीहरुलाई कारोबार रोक्का गर्नेसँगै अरु कार्वाही नगर्ने हो भने आगामी वर्षहरुमा पनि यो क्रम दोहोरिने पक्का छ ।
कम्पनीहरुको पूँजीका आधारमा नबिकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । अहिले अधिकांस कम्पनीहरुको पूँजी १० करोड रुपैंया भन्दा माथि रहेको सन्दर्भमा त्यस्ता कम्पनीले वार्षिक नबिकरण शुल्क ५० हजार रुपैंया बुझाउनु पर्ने नेप्सेले जनाएको छ । केही लघुवित्त कम्पनीहरुको पूँजी १० करोड भन्दा कम भएको र उनीहरुले सोही अनुसार ५० हजार भन्दा थोरै रकम बुझाउनु पर्ने र रकम बुझाए पछि शेयर कारोबार सुचारु गरिने नेप्सेले जनाएको छ ।
सोमबार शेयर कारोबार रोक्का भएका कम्पनीहरुको सूची यस्तो छ ।
०१ अल्पाइन डेभलपमेण्ट बैंक
०२ अपी पावर कम्पनी
०३ बरुण हाइड्रोपावर कम्पनी
०४ भार्गव विकास बैंक
०५ कर्पोरेट डेभलपमेण्ट बैंक
०६ हाम्रो विकास बैंक
०७ आइएलएफसीओ माइक्रोफाइनान्स
०८ जलविद्युत लगानी तथा विकास कम्पनी
०९ कालिका माइक्रोक्रेडिट
१० कर्णाली विकास बैंक
११ किसान माइक्रोफाइनान्स
१२ लक्ष्मी बैंक डिबेञ्चर २०७६
१३ लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल
१४ महिला सहयात्रा माइक्रोफाइनान्स
१५ मञ्जुश्री फाइनान्स
१६ मिर्मिरे माइक्रोफाइनान्स
१६ मल्टिपर्पोज फाइनान्स
१७ नागबेली लघुवित्त
१८ एनबी इन्स्योरेन्स
१९ नेपाल फाइनान्स एण्ड सेभिङ्ग
२० नेपाल ग्रामिण विकास बैंक
२१ नेरुडे लघुवित्त विकास बैंक
२२ प्राइम कमर्शियल बैंक
२३ साना किसान विकास बैंक
२४ सेती फाइनान्स
२५ टुरिजम डेभलपमेण्ट बैंक
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।