सानिमा र सिटिजन्स बैंकले आफ्नै सहायक कम्पनीलाई दिए शेयर रजिष्ट्रारको जिम्मा

Oct 17, 2016 Mero Lagani

सानिमा बैंक र सिटिजन्स बैंकले आफ्नै सहायक कम्पनीहरुलाई शेयर रजिष्ट्रारको जिम्मेवारी दिएका छन् । यस अघि सानिमा बैंकले नबिल इन्भेष्ट तथा सिटिजन्स बैंकले ग्लोबल आईएमई क्यापिटललाई रजिष्ट्रारको काम लगाउँदै आएका थिए । केही समय अघि मात्र सानिमा क्यापिटल तथा सिआईबिएल क्यापिटल सञ्चालनमा आए पछि दुवै बैंकले रजिष्ट्रार परिवर्तन गरेका हुन् ।

सानिमा क्यापिटल सानिमा बैंकको भगिनी संस्था हो भने सिआईबिएल क्यापिटल सिटिजन्स बैंकको भगिनी संस्था । दुवै बैंकले आफ्नै भगिनी संस्थालाई शेयर रजिष्ट्रारको जिम्मेवारी दिए पछि अब ती बैंकका लगानीकर्ताले शेयर सम्बन्धि सबै कामका लागि नयाँ शेयर रजिष्ट्रारकोमा जानु पर्ने हुन्छ । सानिमा क्यापिटलको कार्यालय नक्सालस्थित सानिमा बैंकको मुख्यालयसँगै छ भने सिआईबिएल क्यापिटलको कार्यालय डिल्लीबजारस्थित बाटुले घरमा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।