आरएसडिसी लघुवित्तको आईपिओमा शेयर नपरेको पैसा कुन् कुन् बैंकको खातामा हुन्छ जम्मा ?

Oct 18, 2016 Mero Lagani



आरएसडिसी लघुवित्तको साधारण शेयरमा शेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले दिएको जानकारी अनुसार १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा शेयर नपरेको पैसा रकमान्तर गरिनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ ।

सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको कम्पनीले १ लाख ५४ हजार ८ सय २७ जना आवेदक मध्ये ३३ हजार ८८ जनालाई मात्र शेयर बाँडफाँड गरेको थियो, त्यो पनि ज्यादै न्युन मात्रामा । यस अर्थमा सबै आवेदकले मागे जति शेयर नपाएका कारण रकम फिर्ता पाउनु पर्ने हुन्छ ।

एनआईबिएल क्यापिटलले ९ वाणिज्य बैंक, ४ विकास बैंक र ५ फाइनान्स कम्पनीमा बैंक खाता भएका लगानीकर्ताको शेयर नपरेको पैसा बैंक खातामा पठाउने व्यवस्था मिलाएको हो । उसका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा रकमान्तर हुनेछ ।

त्यसै गरी देव विकास बैंक, एस डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकमा खाता भएका लगानीकर्ताले पनि लाइन लागेर पूर्जा संकलन गर्नु पर्ने छैन ।

                                      आरएसडिसी लघुवित्तको IPO को नतिजा 

फाइनान्स कम्पनीहरु गुडविल फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स (साविकको रिलायन्स लोटस फाइनान्स) मा बैंक खाता रहेका लगानीकर्ताको शेयर नपरेको पैसा पनि सम्बन्धित खातामा नै पठाइने क्यापिटलले जनाएको छ । अरु बैंक तथा वित्तीय संस्थाको बैंक खाताको विबरण उपलब्ध गराएका लगानीकर्ताले भने आफुले आवेदन बुझाएको स्थानबाट पूर्जा तथा चेक संकलन गर्नु पर्नेछ ।

माथि उल्लेखित बैंक तथा वित्तीय संस्थाको बैंक खाता विबरण प्रष्ट नपारेका तथा पुरानो बैंक खाता उल्लेख गरेका लगानीकर्ताले पनि बैंक खातामा शेयर नपरेको पैसा जम्मा नभएको खण्डमा आवेदन बुझाएको स्थानबाट चेक संकलन गर्नु पर्ने क्यापिटलले जनाएको छ ।

              आरएसडिसी लघुवित्तको साधारण शेयर यसरी भयो बाँडफाँड, कसलाई कति पर्यो ?

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।