फस्ट माईक्रोले सेकेण्ड भएर निकाल्यो बित्तीय बिबरण, खुद नाफामा बढोत्तरी

Oct 19, 2016 Merolagani

थोक लघुवित्त कर्जा प्रबाह गर्ने फस्ट माईक्रो फाईनान्स डेभ्लपमेन्ट बैंक(FMDBL)ले पहिलो त्रैमासिक बित्तीय बिबरण प्रकाशन गर्ने दोस्रो कम्पनीमा दर्ज हुँदै सामान्य रुपमा खुद नाफा बढाउन सकेको देखाएको छ । यस पटकको पहिलो बित्तीय बिबरण भने सिर्जना फाईनान्सले निकालेको छ । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ५० लाख रुपैयाँ खुद नाफा गरेर गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४० लाख रुपैयाँ बढाएको छ ।

२६ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले प्रति सेयर आम्दानी २२ रुपैयाँ ७४ पैसा कायम गरेको छ भने निस्क्रिय कर्जा अनुपात सुन्य रहेको छ । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रबाह गर्ने लघुबित्तहरुको चुक्ता पूँजी ६० करोड पुर्याउन निर्देशन गरेकाले पूँजी बृद्धिको चापमा यो बैंक पनि रहेको छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस तथा शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै माइक्रोफाइनान्सले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था अनिवार्य गरे पछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गरेको छ ।

असोज ४ गतेसम्म सेयर धारण गरिसकेका लगानीकर्ताले १५ प्रतिशत बोनस सुरक्षित गरेका छन् । ५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि भने धितोपत्र बोर्डबाट स्वीकृति पाए पछि माइक्रोफाइनान्सले सेयरधनी दर्ता किताब बन्दको अर्को सुचना प्रकाशित गर्नेछ ।

१५ प्रतिशत बोनस पश्चात बैंकको चुक्तापूँजी २६ करोड रुपैयाँ पुगेकोमा ५० प्रतिशत हकप्रद जारी गरेपछि चालु आर्थिक वर्षमा नै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ । त्यसपछि बैंकले आगामी आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष पुन पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउने उसको योजना छ ।

यो समाचारलाई अन्य मिडियाहरुले प्रयोग गर्नु अघि अनुमति लिनुहोला । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।