जनता बैंकले पनि निकाल्यो बुक क्लोजको सूचना, कहिलेसम्म सेयर किन्नले ५० प्रतिशत हकप्रद पाउँछन ?

Oct 19, 2016 Merolagani



माछापुच्छ्रे बैंकले गाभ्न अश्विकार गरेपछि चुक्ता पूँजी बृद्धिको चापमा परेको जनता बैंक(JBNL)ले पनि ५० प्रतिशत हकप्रद निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । जनता बैंकको दुई कित्ता बराबर नयाँ एक कित्ता सेयर किन्न कात्र्तिक १० गतेसम्म सेयरधनी भईसक्नुपर्ने भएको छ किनभने उसले कात्र्तिक ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । १० गतेपछि सेयर किन्नेले जनताको हकप्रद किन्न पाउने छैनन् ।

नेपाल धितोपत्र बोर्डले जनता बैंकद्धारा प्रस्तावित एक करोड तीन लाख कित्ता हकप्रदलाई असोज १९ गते स्वीकृत गरेको थियो । 

जनताले संस्थापक सेयरधनीलाई हकप्रद वापतको रकम अग्रिम रुपमा जम्मा गर्न कात्र्तिक १९ गतेसम्मको समय दिएको छ । त्यसपछि सर्बसाधारणले हकप्रद किन्न पाउने गरी सूचना आउने बुझिएको छ ।

जनता बैंकको हाल चूक्ता पूँजी २ अर्ब ६ करोड रहेकोमा अघिल्लो र गत बर्षको कमाईबाट बोनस सेयर बितरण गर्न बाँकी नै रहेको अबस्थामा हकप्रदबाट थपिने पूँजी जोड्दा तीन अर्ब ९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १५ कायम गरेको छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड रुपैयाँ जगेडा कोषमा छ । जनता बैंकले अन्य समकालीन बैंकले जसरी चुक्ता पूँजी र कमाई बढाउन नसके पनि सानिमा बैंकलाई उत्कृष्ट बैंक बनाउन भुमिका खेल्ने कुमार लम्साल नै हाल जनताको प्रमुख कार्यकारी रहेकाले लगानीकर्ताले आशा गर्ने ठाउँ छ ।

संस्थागत सुशासनमा समस्या नदेखिए जनता बैंकले चालु आर्थिक बर्षमा राम्रै प्रगति बिबरण पस्कनसक्छ । तर माछापुच्छ्रे बेंकले समेत गाभ्न नचाहेको अबस्था हेर्दा जनताको भर गर्नसक्ने अबस्था भने छैन ।

जनताले अन्य संस्थाहरुलाई गाभ्ने तथा किन्ने काममा सफलता हासिल नगरे राष्ट्र बैंकले तोेकेको आठ अर्ब चुक्ता पूँजी कसरी पुर्याउँला भन्ने प्रश्न छदैछ । त्यसमाथि जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठ सांसदको हैसियतले राष्ट्र बैंकले प्रस्ताव गरेको ऐनलाई असफल पार्ने अभियानमा लागेर बिबादित बनेका छन् भने अर्का बिबादित लगानीकर्ता गुरुप्रसाद न्यौपानेले पनि ठूलो संख्यामा संस्थापक सेयर ओगटेर बसेका छन् । जनतामा नेकपा एमाले निकटका लगानीकर्ताहरुको धेरै संस्थापक लगानी रहेको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।