मर्ज सकेर सेयर कारोबार खोल्न उदासिन कम्पनीप्रति धितोपत्र बोर्ड कडा, गोर्खाज फाईनान्ससँग स्पष्टिकरण माग

Oct 19, 2016 Merolagani

मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो समयसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।   यस क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सलाई शेयर कारोबार नखुलाएको किन नखुलाएको भन्दै पत्र काटेको छ । 

गत चैत २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेर पनि ७ महिनासम्म शेयर कारोबार सुरु हुन नसक्नुको कारण ३ दिन भित्र पेश गर्न भन्दै धितोपत्र बोर्डले  फाइनान्सलाई पत्र काटेको हो ।

मेरोलगानीसँग कुरा गर्दै बोर्डका उपनिर्देशक अम्बिकाप्रसाद गिरीले भने ‘लामो समयसम्म लगानीकर्ताको पैसा  किन बन्धक बनाइयो भन्ने सन्दर्भमा बोर्डले केही समय अघि गरेको व्यवस्था अनुसार शेयर कारोबार नखुलेको हुनाले हामीले ३ दिन भित्र  जवाफ दिन गोर्खाज फाइनान्सलाई पत्राचार गरेका छौं ।’

बोर्डले केही समय अघि मर्जर सकेर एकीकृत कारोबार सुरु भएको २ साता भित्र शेयर कारोबार सुचारु गराउनु पर्ने व्यवस्थालाई अनिवार्य गरेको थियो । तर राष्ट्र बैंकले मर्जरको स्वीकृति दिने समयमा राखेका शर्तका कारण प्रभु बैंक तथा गोर्खाज फाइनान्सको एकीकृत बैंकिड. कारोबार सुरु भएको ७ महिना बित्न लाग्दा पनि शेयर कारोबार सुचारु हुन नसकेको हो ।

प्रभु र ग्राण्ड बैंक मर्जमा गएको लामो समय बित्दा पनि शेयर कारोबार खुल्न नसकेको सन्दर्भमा केही दिन अघि राष्ट्र बैंकले सोही शर्त अनुसार प्रभु बैंकको मात्र शेयर कारोबार खुलाउन नेप्सेलाई पत्राचार गरे पछि ग्राण्डका लगानीकर्ता अन्यौलमा परेका थिए । नेप्से र धितोपत्र बोर्डले मर्ज भएको संस्थाबाट एउटाको मात्र शेयर कारोबार गराउन असहज हुने भन्दै प्रभु बैंकको शेयर कारोबार तत्कालै रोक्का गरेका थिए ।

अहिले गोर्खाज फाइनान्समा पनि उस्तै समस्या देखा परेको हो । ‘ग्राण्डको अवस्था नसुध्री शेयर कारोबार नखोल्ने बुँदा राखेर मर्जर स्वीकृति दिए जस्तै गरी राष्ट्र बैंकले गोर्खा डेभलपमेण्ट बैंकको खराब कर्जा तथा नोक्सानको अवस्था सुधार नहुञ्जेल शेयर कारोबार सुचारु नगराउँने शर्त राखिदिएका कारण हामीले चाहेर पनि कारोबार खोल्न सकेका छैनौं ।’ -गोर्खाज फाइनान्सका कम्पनी सचिव मुकुन्द श्रेष्ठले मेरोलगानीसँग कुरा गर्दै भने ।

उनका अनुसार वित्तीय अवस्था सुधार भए पछि मात्र अरु बैंक तथा वित्तीय संस्थाहरु सँगै फाइनान्सको शेयर कारोबार सुचारु गराउने जवाफ राष्ट्र बैंकले दिँदै आएको छ । मर्जरका समयमा ४० करोडको हाराहारीमा नोक्सानमा रहेको गोर्खा डेभलपमेण्ट बैंकको नोक्सान अहिले १४ करोडको हाराहारीमा झरेको र अबको केही समयमा पुर्ण स्वस्थ हुने श्रेष्ठले जानकारी दिए ।

राष्ट्र बैंकले चाहेको खण्डमा तत्काल प्रभु र गोर्खाजको शेयर कारोबार खुल्ने देखिन्छ । धितोपत्र बोर्ड र राष्ट्र बैंकले यस सम्बन्धमा आपसी छलफल गरेर बोर्डको व्यवस्था अनुसार शेयर कारोबार खुलाउन पहल गर्न सके लगानीकर्ताले आफ्नो लगानी लामो समयसम्म फसेको महसुस गर्नु पर्दैन ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।