नेप्सेमा थपियो ४० लाख ९२ हजार कित्ता शेयर, कुन हुन बोनस र हकप्रद सेयर थप्ने कम्पनी ?

Oct 19, 2016 Merolagani



 नेपाल स्टक एक्सचेञ्जमा बुधबार कारोबारका लागि ४० लाख ९२ हजार ४ सय ५३ कित्ता शेयर सुचिकृत भएका छन् । रिलायबल डेभलपमेण्ट बैंक (REDBL) को बोनस र सांग्रिला डेभलपमेण्ट बैंक (SADBL) को बोनस तथा हकप्रद शेयर सुचिकृत भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार रिलायबल डेभलपमेण्ट बैंकको गत आर्थिक वर्षमा बितरण भएको  १० प्रतिशत बोनस बराबरको ७ लाख १६ हजार ८ सय ९३ कित्ता शेयर सुचिकृत भएको हो । १ बराबर १ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव अघि सारेर एकाएक ग्लोबल आईएमई बैंकसँग एक्वार हुने सम्झौता गरेको बैंकलाई धितोपत्र बोर्डले हकप्रद निष्काशन पश्चात मात्र एक्वायर हुन निर्देशन दिईसकेको छ । बैंकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन ।

उता, सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा बितरण गरेको  २१ प्रतिशत बोनस बराबरको १५ लाख ३४ हजार ५ सय ६० कित्ता तथा २५ प्रतिशत हकप्रद बराबरको १८ लाख ४० हजार कित्ता शेयरहरु कारोबारको लागि नेप्सेमा सुचिकृत भएका हुन् । उसले पनि  गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रस्ताव सार्वजनिक गरिसकेको छैन ।

दशैं पछि बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका बेला  बजारमा सेयर आपुर्ति बढ्दाको असर देखिने नै छ । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।