
प्रस्तावित बोनस राष्ट्र बैंकको स्विकृती पश्चात बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
९२ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको ज्योति विकास बैंकले गत आर्थिक वर्षमा १५ करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ भने त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकबाट जारी पूँजी योजना अनुसार २०७४ आसार मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकले साढे दुई अर्ब पुँजी पुर्याउनुपर्ने हुन्छ । बोनस र हकप्रदपछि नपुगेको पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस जारी गरेर पुर्याउने योजना बनाएको छ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।