
सेयर मूल्य महंगो भएको कम्पनीलाई ब्यवस्थापन गरी तुलनात्मक रुपमा सेयर मूल्य सस्तो भएको, क्रमशः प्रगति गर्दै गएको र चालु आर्थिक बर्षको खुद नाफाबाट पनि आकर्षक बोनस सेयर दिनसक्ने प्रारम्भिक संकेत देखाएका कम्पनीका सेयर बजार घटेको बेला लगानीकर्ताले छान्दा दीर्घकालीन लगानीका हिसाबले बढी औचित्पूर्ण हुने देखिएको छ । पूँजी बृद्धिको चापले हकप्रद बढी दिएका तर कमाई भने खुम्चिदै गएका कम्पनीहरुले लगानीकर्तालाई रातो घण्टी बजाईरहेको देखिएको छ ।
सोमबार पनि सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ र वित्त बाहेक कारोबारमा आएका अन्य सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो ।
बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बन्द हुने समयसम्म आईपुग्दा १३.५० अंकले झरेर १७६८.८९ अंकमा अड्एिको छ । वाणिज्य बैंक समुह नै १८ अंकले झरेपछि बजारमा उच्च गिरावट आएको हो । यसदिन विमा ३८,होटल २४, जलिविद्युत १५, विकास बैंक तथा अन्य समूह ४ अंकले झरेका छन भने वित्त समुह करिब पाँच अंकले उकालो लागेको छ ।

१२५ कम्पनीको कारोबार भएको बजारमा ९२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । यो अघिल्लो कारोबारको तुलनामा झण्डै चार करोड रुपैयाँले कम हो ।
यसदिन स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै दश करोड बढीको कारोबार भएको छ । एभरेष्ट बैंकको पनि ७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो भने लुम्बिनी जनरल इन्स्योरेन्सले पनि ६ करोड बढीको कारोबार गरेको छ ।
घटेको बजारमा सम्झना फाइनान्सको सेयरमुल्य भने बढेको छ । यो कम्पनीको धेरै लामो समयपछि नेप्सेमा कारोबार खुलेको हो ।
रिलयाबल माइक्रोफाइनान्सका लगानीकर्ताले भने लगातार दुईदिन दश प्रतिशतको हाराहारीमा कमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।कामना विकास बैंक, जनउत्थान लघुवित्त, महिला सययात्रा, लुम्बिनी जनरल, राप्तिभेरी विकास बैंक लगायतले कमाएका छन् ।
सोमबारको बजारमा ललितपुर फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ६.५३ प्रतिशत भन्दा धेरैले घटेको छ । त्यस्तै सिनर्जी फाइनान्सका लगानीकर्ताले पनि ६ प्रतिशत बढीले नै गुमाएका छन् । पोखरा फाइनान्स, सप्तकोषी डेभलपमेन्ट, सेवा विकास तथा जेबिल्स फाइनान्स लगायतका कम्पनी धेरै गुमानेमा परेका छन् ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।