सिभिल बैंकको शेयर कारोबार मंगलबारदेखि खुल्दै, कति पुग्यो चुक्ता पूँजी ?

Oct 24, 2016 Merolagani

इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स (ILFC) सँगको मर्जर पुरा गरी केही दिन अघिदेखि एकीकृत कारोबार सुरु गरेको सिभिल बैंक (CBL) को शेयर कारोबार मंगलबारदेखि खुल्ने भएको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट शेयर कारोबार फुकुवा गराउने पत्र प्राप्त भएको र नेप्सेमा पनि सोही व्यवहोरा पुगेका कारण मंगलबारदेखि शेयर कारोबार खुल्ने भएको हो ।

मेरोलगानीसँग कुरा गर्दै सिभिल बैंकका कम्पनी सचिव डिल्लीराम श्रेष्ठले राष्ट्र बैंकबाट पत्र आईपुगेको बताए । ‘राष्ट्र बैंकले नेप्सेलाई पठाएको पत्रका साथै हामीलाई पठाएको पत्र प्राप्त भएको छ । मंगलबारदेखि हाम्रो शेयर कारोबार सुचारु हुन्छ ।’ श्रेष्ठले भने ।

राष्ट्र बैंकको निर्देशनपछि स्वाप रेशीयो १०० : ७४।७२ कायम भएको छ । अब एक सय कित्ता सेयर हुने सिभिल बैंकका शेयरधनीले एक सय कित्ता तथा एक सय कित्ता शेयर हुने आईएलफसीका शेयरधनीले ७४।७२ कित्ता शेयर पाउनेछन् । यसअघि सिभिल बैंकको विशेष साधारण सभाले मर्जरपछि सिभिल बैंकका १०० कित्ता शेयर हुने लाई १११ दशमलव शुन्य ८ कित्ता तथा १०० कित्ता आईएलएफसीको शेयर भएकालाई ८३ कित्ता शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । जसलाई राष्ट्र बैंकले परिमार्जन गर्न दुई कम्पनीलाई निर्देशन दिएको थियो । 

३ अर्ब ८ करोड रुपैंया चुक्ता पूँजी रहेको सिभिल बैंक र २ अर्ब ८८ लाख रुपैंया चुक्ता पूँजी रहेको आइएलएफसीलाई गाभेपछि चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुगेको हो । बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स, २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएका हामा मर्चेन्ट एण्ड फाइनान्स पनि खरिद गर्ने सम्झौता गरिसकेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।