राजस्व संकलन ३८ प्रतिशतले वृद्धि,लक्ष्य भन्दा १०३ प्रतिशतले प्रगति

Oct 25, 2016 merolaganai

चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्मा गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन ३८ प्रतिशतले वृद्धि भएको छ । सरकाले यसअवधिमा लक्ष्यको तुलनामा राजश्व संकलनमा १०३ प्रतिशतले प्रगति भएको विभागले जनाएको छ ।



आन्तरिक राजश्व विभागका अनुसार असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ४० अर्व २८ करोड ५५ लाख १९ हजार रहेकोमा ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार संकलन भई लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ ।

विभागका अनुसार सरकारले यसअवधिमा आयकर तर्फ १७ अर्व १६ करोड ७२ लाख ३३ हजार, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार र अन्तःशुल्क तर्फ ९ अर्व २२ करोड ४३ हजार रुपैययाँ संकलन गरेकोे छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०२ प्रतिशत र अन्तशुल्क तर्फ ९३ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार र २४ करोड १६ लाख ३८ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।