ग्लोबल आईएमई क्यापिटलले सुरु गर्यो लगानीकर्तालाई राहत दिने काम, सास्ती पाउने दिन अब गए

Oct 25, 2016 Mero Lagani



ग्लोबल आईएमई क्यापिटलले पहिलो पटक साधारण शेयर आबेदन गर्दा शेयर नपरेका लगानीकर्ताको पैसा उनीहरुको बैंक खातामा नै पठाउने काम सुरु गरेको छ । यस अघि सबै कम्पनीले साधारण शेयर निष्काशनका दौरान केही बैंकहरुको बैंक खातामा मात्र शेयर नपरेको पैसा रकमान्तर गर्दै आएकोमा क्यापिटलले कसैलाई पनि लाइन लागेर पूर्जा लिन धाउन नपर्ने तयारी गरेको हो ।

सुर्योदय लघुबित्तको सेयर नपरेको पैसा बैक खातामा नै पठाएर ग्लोबल आईएमई क्यापिटलले नयाँ काम थालनी गरेको हो । ग्लोबल आईएमई क्यापिटलले  नेपाल क्लियरिंग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली अन्तरगतको आईपीएस प्रणालीलाई यसमा उपयोग गरेको छ ।  मंगलबारदेखि नै लगानीकर्ताको शेयर नपरेको पैसा पठाउन सुरु गरेको क्यापिटलले एक पटकमा रकमान्तर नभए फेरि त्यसलाई प्रमाणिकरण गरी लगानीकर्ताको बैंक खातामा पठाउने बताएको हो ।

मेरोलगानीसँग कुरा गर्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले भने, ‘केही नयाँ काम गरेर लगानीकर्तालाई सहज रुपमा सेवा दिने हाम्रो प्रयास स्वरुप पहिलो पटक कोही पनि लगानीकर्तालाई पूर्जा संकलनका लागि धाउनु नपर्ने वातावरण बनाएका छौं । १० कार्य दिन भित्रमा सबै आवेदकको पैसा चरणबद्ध रुपमा बैंक खातामा जम्मा भैसक्छ ।’

क्यापिटलले शेयर परेका लगानीकर्ताको हकमा शेयर परेको प्रमाण आफ्नो वेबसाइटबाट उपलब्ध गराएको छ । क्यापिटलको वेबसाइटमा राखिएको लिंकमा क्लिक गरी लगानीकर्ताले आफुलाई परेको शेयरको अलटमेण्ट एडभाइस उपलब्ध गराएको छ । पछि यसै विबरणका आधारमा लगानीकर्ताको डिम्याट खातामा शेयर पठाईने क्यापिटलले जनाएको छ ।

सेयर नपरेको पैसा भुक्तानी रसिद लिन कोही पनि लाईनमा बस्नु नपर्ने क्यापिटलले जनाएको छ । शेयर आवेदन दिए पछि शेयर नपरेको पैसा सिधै बैंक खातामा पठाउने र परेको शेयर डिम्याट खातामा पठाएर लगानीकर्तालाई लाइन बस्नु पर्ने झमेलाबाट मुक्त गराउन चाहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

सुर्योदय लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको १ लाख २० हजार कित्ता साधारण शेयरका लागि १ लाख ९ हजार ७ सय १४ आवेदन परेकोमा १० हजार ९ सय २० आवेदकले मात्र शेयर पाएका थिए । कुल आवेदक मध्ये १ हजार ८ सय ३२ आवेदन रद्ध भएका छन् ।

यसैबीच ग्लोबल आईएमई क्यापिटलले रिडि हाइड्रो पावरले लिलाम गरेको शेयरमा शेयर नपरेका लगानीकर्ताको पैसा पनि बुधबारदेखि नै फिर्ता गर्न सुरु गरेको छ । उसले रिडिको शेयरका आवेदकलाई पनि सोही प्रणालीबाट बैंक खातामा नै सिधै रकमान्तर गर्ने जनाएको छ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।