३ करोड ४५ लाख ९ हजार रुपैंया राइट व्याक गरेर फाइनान्सले पहिलो त्रैमासमा नै आफ्नो कमाईमा भारी बढोत्तरी गरेको हो । गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद नाफामा आएको यो बढोत्तरी २ सय ७१ प्रतिशतले बढी हो ।
यसका साथै फाइनान्सको निक्षेप संकलन ४ अर्ब ५० करोड रुपैंयाबाट बढेर ५ अर्ब ९९ करोड तथा कर्जा प्रवाह ३ अर्ब ८० करोडबाट ४ अर्ब ७१ करोड रुपैंया पुगेको छ । जसका कारण फाइनान्सको खुद व्याज आम्दानी पनि गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७२ लाख ७१ हजार रुपैंया रहेकोमा यस पटक बढेर ६ करोड ३९ लाख १९ हजार रुपैंया पुगेको छ ।
घर जग्गामा कर्जा प्रवाहलाई घटाउँदै गएको फाइनान्सले गत आर्थिक वर्षको पहिलो त्रैमासको २ करोड २६ लाख २६ हजार रुपैंया सञ्चालन मुनाफालाई यस पटक बढाएर ३ करोड ७६ लाख ६४ हजार रुपैंया पुर्याएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ४० लाख ५७ हजार रुपैंया मात्र राइट व्याक गरेको थियो । फाइनान्सले गैर बैंकिंग सम्पत्ती बिक्री गरेर गैर सञ्चालन मुनाफा ३ करोड ७६ लाख रुपैंया पुर्याएको छ । जसले गर्दा उसको कमाईमा व्यापक सुधार आएको हो ।
फाइनान्सले समिक्षा अवधिमा निष्कृय कर्जा अनुपातलाई पनि २ दशमलव ४६ प्रतिशतबाट १ दशमलव ६ प्रतिशतमा झरेर आफुलाई स्वस्थ बनाउने जमर्को गरेको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १७ प्रतिशत प्रतिफल बितरण गरेर चुक्ता पूँजी ८० करोड पुर्याएको फाइनान्सले पहिलो त्रैमासिक वित्तीय विबरणमा चुक्ता पूँजी ६८ करोड ५२ लाख ८५ हजार रुपैंया रहेको देखाएको छ । लाभांस समायोजन नभएका कारण फाइनान्सको जगेडा कोष पनि ३४ करोड ३४ लाख १२ हजार रुपैंयाको नै रहेको छ ।
फाइनान्सको चुक्ता पूँजी ८० करोडका आधारमा पहिलो त्रैमासको प्रतिशेयर आम्दानी ३३ रुपैंया कायम भएको छ । फाइनान्सले ठुलो मात्रामा राइट व्याक गरेर बनाएको यो प्रतिशेयर आम्दानीको उचाईलाई आगामी दिनमा जोगाईराख्न सक्ला वा नसक्ला त्यो आगामी त्रैमासहरुले देखाउनेछ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।