एकाएक किन बढ्यो मेगाको शेयर मूल्य ?

Oct 26, 2016 Mero Lagani

बुधबार शेयर बजार परिसुचक नेप्से धेरै दिन पछि उकालो लागेको छ । लाभांस प्रस्तावको असर समेत नपरिरहेको बजार बुधबार झण्डै साढे २ अंकले उकालो लागेको हो । बजार उकालो लाग्दा कारोबार रकम पनि बढेर बजारलाई माथि जान टेवा दिएको छ । बजार सामान्य मात्रामा उकालो लाग्दा मेगा बैंकको शेयर मूल्य भने एकाएक साढे ८ प्रतिशतले बढेको छ ।

दशैं पछिका अधिकांश दिन दोहोरो अंकले तल झरिरहेको बजार बुधबार झिनो अंकले उकालो लागेको हो । तिहार अघि कारोबार हुन एक दिन मात्र बाँकी रहँदा बजार २ दशमलव ४६ अंकले उकालो लागेर १७५३ दशमलव ४६ अंकमा पुगेको छ । बुधबार लाभांस प्रस्ताव गरेका प्राइम कमर्शियल बैंक तथा प्रिमियर इन्स्योरेन्सले कुनै चमत्कार देखाउन सकेनन् ।

मेगा बैंकको शेयर भने ४१ रुपैंयाले बढेर ५ सय २९ रुपैंया पुगेको छ । बजार सामान्य रहेका बेला मेगा बैंकको शेयर मुल्य बढ्नु पर्ने कुनै कारण नरहेको र कुनै निर्णय भैनसकेको बैंकले जनाएको छ । सञ्चालक समितिको बैठक बस्ने तयारीका बीच बोनस र हकप्रदको हल्लामा एकाएक बजारमा मेगाको भाउ बढेको हो । 

१ सय ३० कम्पनीका १० लाख ५४ हजार १ सय ६३ कित्ता शेयर ८१ करोड ८२ लाख ७ हजार रुपैंयामा किनबेच भएको छ । मंगलबार फराकिलो अंकले बजार तल झर्दा ७२ करोड हाराहारीको कारोबार भएको बजारमा १० करोडले कारोबार रकम पनि बढेको छ ।

वाणिज्य बैंक, विकास बैंक र जलविद्युत समुह ओरालो लागेको बजारमा बीमा समुह १ सय ५ दशमलव शुन्य ८ अंकले माथि चढ्दा समग्र बजारलाई टेवा दिएको हो । त्यसै गरी होटलमा २ दशमलव शुन्य १, वित्तमा १ दशमलव १७ र अन्यमा १ दशमलव १६ अंकले सुधार देखिएको बजारमा वाणिज्य बैंकमा शुन्य दशमलव २, विकास बैंकमा ६ दशमलव ३९ र जलविद्युतमा शुन्य दशमलव ५१ अंकको गिरावट आएको छ ।

कारोबारमा सबैभन्दा धेरै चाप भने माछापुछ्रे बैंकमा देखिएको बजारमा शिखर इन्स्योरेन्स, जनता बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक लगायतका कम्पनीको अधिक शेयर कारोबार भएको छ । ८ वाणिज्य बैंक र २ बीमा कम्पनीको अधिक शेयर कारोबार भयोे । कारोबार भएको शेयर संख्याका आधारमा माछापुछ्रे बैंक, जनता बैंक, मेगा बैंक लगायत रहेका छन् । ५० प्रतिशत हकप्रदका लागि बिहीबारदेखि शेयरधनी पुस्तिका बन्द गर्न लागेका कारण जनता बैंकको अधिक कारोबार भए पनि शेयर मूल्य भने स्थिरप्राय बनेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त, सिभल, मेगा बैंक लगायत कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले माथि चढेको बजारमा राप्ती भेरी विकास बैंक, एनएमबी सुलभ इन्भेष्मेण्ड फण्ड १, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किम, किसान माइक्रोफाइनान्स लगायत कम्पनीहरुको शेयर मूल्य धेरै घटेको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।