यति डेभलपमेन्ट, मिशन डेभलपमेन्ट र प्रोग्रेशिभ फाइनान्सको यस्तो छ प्रगति

Oct 28, 2016 merolagnai

यती डेभलपमेण्ट बैंक (YETI) ले चालु आर्थिक वर्षपहिलो त्रैमासमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४ सय दशमलव ७७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा १ करोड ३२ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ११ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । १० अर्ब ८२ करोड निक्षेप उठाएर बैंकले ९ अर्ब १२ करोड लगानी गरेको छ । 

बैंकको जोखिम युक्त सम्पति १३ दशमलव २९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ४ दशमलव २९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ दशमलव १९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३ सय ३ दशलमव ४० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २४ दशमल ८४ प्रतिशत रहेको छ ।

मिसन डेभलपमेण्ट बैंक

मिसन डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुद मुनाफा १ करोड ७३ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा १ सय ६१ दशमलव ११ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ६६ लाख ५१ हजार रुपैयाँ कमाएको थियो ।

१९ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ८ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । २ अर्ब ३२ करोड निक्षेप उठाएर बैंकले २ अर्ब २ करोड लगानी गरेको छ ।

बैंकको जोखिम युक्त सम्पति १२ दशमलव ५९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात २५ दशमल ९५ प्रतिशत रहेको छ ।

प्रोग्रेशिभ फाइनान्स

प्रोग्रेशिभ फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० लाख ३४ रुपैयाँ कमाएको छ । कम्पन्ीको खुद मुनाफा ७३ दशमलव ४० प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोहि अवधिमा फाईनासले ११ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

२० करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले २५ लाख ५६ हजार रुपैयाँ जगेडाकोषमा राखेको छ । फाइनान्सको जोखिम युक्त सम्पत्ति ३२ दशमलव ८४ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी ४ दशमलव ०७ रुपैयाँ (वार्षिक) रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।