झापामा मुख्य कार्यालय र तीन जिल्ले कार्य क्षेत्र भएको नागबेलीले आफ्नो साढे दुई करोड पूँजीमा बृद्धि गर्न ६० प्रतिशत बोनस प्रस्ताव गरेको हो । नागबेलीले आफ्नो कमाईबाट २० प्रतिशत नगद पनि बाड्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको मापदण्ड पुरा गर्न नसकेकाले नागबेलीले गत बर्ष लाभांश बाड्न पाएको थिएन ।
बजारमा अति कम सेयर भएकाले सिमित संख्याका लगानीकर्ताले नागबेलीको सेयर मूल्य प्रति कित्ता पाँच हजार रुपैयाँ हाराहारीमा पुर्याएकोमा अहिले ४४०० रुपैयाँमा झरेको छ । कम्पनीले गत आर्थिक बर्षमा तीन करोड २३ लाख रुपैयाँ खुद नाफा गरेर प्रति सेयर आम्दानी १२९ रुपैयाँ कायम गरेको थियो । त्यसैलाई हेरेर महंगो मूल्यमा उचालिएर सेयर किनेकाहरुले अहिले उसको बोनस प्रस्तावबाट आफुलाई नाफा भयो कि घाटा भन्ने विवेचना गर्नेबेला आएको छ । एक सय २९ रुपैयाँ कमाई हुँदा १०० प्रतिशत बोनस त कसो नदेला भन्ने भ्रम पालेको हो भने पनि अब आँखा खोलेर आफ्नो लगानीको सुरक्षाको बारेमा वास्तविक धरातलमा आउनु पर्दछ ।
नागबेलीको जगेडा कोषमा ५ करोड ६० लाख रुपैयाँ रहेकाले आउने बर्ष पनि त्यत्तिकै आकर्षक बोनस सेयर देला भन्नेहरुले पनि लघुबित्तहरुले आगामी दिनमा अझै धेरै चुनौतिको सामना गर्नुपर्ने अबस्था तर्फ पनि बिचार गर्नुपर्ने देखिन्छ ।
जसको पूँजी आधार बलियो हुन्छ र कार्य क्षेत्र फराकिलो हुन्छ, उसले धेरै कमाउनसक्छ मात्रै हैन, त्यस्ता कम्पनीको जोखिम बहन क्षमता पनि बढी हुन्छ । साना कम्पनीको धेरै प्रति सेयर आम्दानी भए पनि कमाई र जोखिम बहन क्षमता कम नै हुन्छ । त्यसैले त्यस्ता कम्पनीको सेयर मूल्य उचालिएर किन्नु हुँदैन ।
चुक्ता पूँजीका हिसाबले दोस्रो ठूलो लघुवित्त छिमेकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश घोषणा गरेकै दिन आएको नागबेलीको लाभांश घोषणासँग तुलना गरेर हेर्दा पनि लगानीकर्ताले सही कुरा बुझ्नसक्छन् । दुई हजार रुपैयाँ तल प्रति कित्ता सेयर मूल्य रहेको छिमेकको सेयर किनेर सुरक्षित हुने कि साढे दुई करोडवालाको झण्डै पाँच हजार हालेर सुरक्षा खोज्ने ? आगे लगानकिर्ताहरुकै मर्जी ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।