नेपाल बंगलादेश बैंकले कसरी बढायो खुद नाफा ८३ प्रतिशत ?

Oct 30, 2016 Merolagani



पूँजी धेरै बढाएकाले बाणिज्य बैंकहरुको सेयर अब बजारमा छेलोखेलो हुन्छ, आपुर्ति बढी हुँदा मूल्य घट्छ त्यसैले बाणिज्य बैंकहरुको सेयरमा लगानी गरेर कमाउने दिन सकिए - यस्ता हल्ला चलाउनेहरुलाई जवाफ दिंदै नेपाल बंगलादेश बैंक(NBB)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रगति बिबरण सार्वजनिक गरेको छ ।

बंगलादेश बैंकको प्रगति बिबरण

गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा ८३ प्रतिशतले खुद नाफा बढाएर नेपाल बंगलादेश बैंकले नकारात्मक प्रचारबाजी गर्नेहरुलाई गतिलो जवाफ दिएको हो । गत आर्थिक बर्षको चौथो त्रैमासको तुलनामा प्रति सेयर आम्दानी निकै कम भए पनि गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा भने ३७ प्रतिशतले बढाएको छ । 

बैंकको समग्र प्रगतिको तुलना गर्दा नेपाल बंगलादेश बिगतको संकटग्रस्त अबस्थाबाट चेतेर अब भने निरन्तर प्रगतिको बाटोमा गएको अनुभुति हुन्छ । चुक्ता पूँजी बढाएसँगै निक्षेप संकलन र कर्जा बिस्तार गर्ने, निस्क्रिय कर्जाको अनुपात घटाउने, खुद नाफा र प्रति सेयर आम्दानीमा सन्तुलन कायम गर्ने काममा बंगलादेश बैंकको ब्यवस्थापन गंभीर रहेको उसको प्रगति बिबरण हेर्दा थाहा हुन्छ ।

ब्याज आम्दानी र संचालन नाफा उल्लेखनीय रुपमा बढ्नु, गैर संचालन नाफा पनि बढ्नु, निस्क्रिय कर्जा अनुपात बटाएर जोखिम ब्यहोर्ने कोषबाट रकम फिर्ता ल्याउन सक्नु लगायतका कारणले उसको खुद नाफामा बृद्धि हुन सकेको देखिन्छ । 

उसको पूँजी कोष भने खुम्चिएकाले तत्काल त्यसलाई बढाउनु अति आबश्यक छ । उसले जारी गर्न लागेको ८० प्रतिशत हकप्रदपछि त्यो पनि समाधान हुने आशा गर्न सकिन्छ । बिगतमा एनबी समूहले धरासायी बनाएको बैंकलाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिई सुधारेकोमा केही बर्ष अघि बंगलादेशी साझेदारहरुले बहुमत संस्थापक सेयर धारणा गरेर तीब्र प्रगतिमा लैजादैछन् ।

बैंकले गत बर्ष एक अर्ब १९ करोड खुद नाफा कमाएर प्रति सेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो, जसबाट लगानीकर्ताले आकर्षक बोनस सेयर प्राप्त गरे ।

 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।