बिहीबार राष्ट्र बैंकबाट बोनस बितरणको स्वीकृति पाउने वित्तीय संस्था कुन् कुन् हुन् ?

Nov 03, 2016 Merolagani

नेपाल राष्टर बैंकले बिहीबार एक साथ २ बैंक तथा वित्तीय संस्थाको बोनस स्वीकृत गरेको छ । राष्ट्र बैंकले बिराटलक्ष्मी विकास बैंक (BLDBL) र विजय लघुवित्त (VLBS) को प्रस्तावित बोनस तथा लाभांसलाई स्वीकृति दिएको हो । दुवै संस्थाले अब साधारण सभाको मिति निर्धारण गरी राष्ट्र बैंकबाट स्वीकृत लाभांस प्रस्ताव पारित गराउने छन् ।

बिराटनगरमा मुख्य कार्यालय रहेको बिराटलक्ष्मी विकास बंकले लगानीकर्तालाई दिने भनी प्रस्ताव गरेको १८ दशमलव ५ प्रतिशत बोनस तथा शुन्य दशमलव शुन्य दशमलव ९७ प्रतिशत नगद लाभांसलाई राष्ट्र बैंकले स्वीकृति दिएको हो । प्राइम कमर्शियल बैंकमा एक्वायर हुने सम्झौता गरेका कारण बिरटलक्ष्मीको शेयर कारोबार बन्द छ ।

उता विजय लघुवित्तले लगानीकर्तालाई दिने भनी प्रस्ताव गरेको १५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांस पनि राष्ट्र बैंकले स्वीकृत गरेको हो । १४ करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको बोनस बितरण पश्चात चुक्ता पूँजी १६ करोड १० लाख रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा लघुवित्तले २ करोड ४० लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । लघुवित्तको जगेडा कोषमा ३ करोड ७२ लाख ४८ हजार रुपैंया सञ्चित छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।