एक्सेल डेभलपमेन्ट,सहयोगी विकास र वोमी माइक्रोफाइनान्समा कसको कमाई कति ?

Nov 08, 2016 merolagani

मंगलबार चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका एक्सेल डेभलपमेन्ट बैंक(EDBL) , सहयोगी विकास बैंक(SBBLJ) र वोमी माइक्रोफाइनान्स (WOMI) को नाफामा बढोत्तरी देखिएको छ । गत आर्थिक बर्षको यसै अवधिको  तुलनामा एक्सेलले ६० प्रतिशत,सहयोगीले १३८ प्रतिशत तथा वोमीले करिब १२ प्रतिशतले नाफा बढाएका छन् ।



एक्सेल डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा ६० दशमलव १२ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ करोड ७३ लाख रुपैयाँ कमाएको थियो ।

३० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १९ करोड २ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा ३ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ३० करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३६ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ९७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६१ दशमलव ८३ रुपैयाँ र तरलता अनुपात ३६ दशमलव ९५ प्रतिशत रहेको छ ।
१ दशमलव ५४ प्रतिशत खराब कर्जा रहेको बैंकले प्रोभिजनमा १ करोड ४२ लाख रुपैयाँ राखेको छ भने ३१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

सहयोगी विकास बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ

सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १ सय ३८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैकलmो ६५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १५ करोड ३ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा २ अर्ब ९१ करोड ६४ लाख रुपैयाँ निक्षेप उठाएर २ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक २४ दशमलव ०७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६ दशमलव ४१ गुण, प्रति शेयर नेटवर्थ १ सय ५८ दशमलव २९ रुपैयाँ, तरलता अनुपात २२ दशमलव ०७ गुणा रहेको छ ।

खराब कर्जा १ दशमलव ३६ पतिशत रहेको बैंकले प्रोभिजनमा १ करोड ८५ लाख रुपैयाँ छुटाएको छ भने १४ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

वोमीेको प्रतिशेयर आम्दानी ५८.५२ रुपैयाँ

वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ११ दशमलव ८९ प्रतिशतल बढी हो । गत वर्षको सोहि अवधिमा वोमीले ४७ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ५८ दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३२ दशमलव ४७ गुणा, तरलता अनुपात २६ दशमलव २९ गुणा, प्रति शेयर नेटवर्थ १ सय ८१ दशमलव ०२ रुपैयाँ रहेको ।

खराब कर्जा १ दशमलव ९४ प्रतिशत रहेको माइक्रोफाइनान्सले ५ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।