नेपाल ईन्भेष्टमेण्ट बैंकको २१ प्रतिशत नगद लाभांस कहिलेदेखि हुँदैछ वितरण ?

Nov 11, 2016 Merolagani

नेपाल ईन्भेष्टमेण्ट बैंक (NIB) ले गत वर्षको कमाईबाट वितरण प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको २१ प्रतिशत नगद लाभांस कात्तिक २८ गतेदेखि बितरण गर्ने भएको छ । बैंकले शेयरधनी नम्बर, डिम्याट खाता नम्बरका आधारमा लाभांस वितरणको तालिका सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस तथा २१ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरी तीसौं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । बैंकले कात्तिक २७ देखि मंसिर ६ गतेसम्म बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलको कार्यलय लाजिम्पाटबाट नगद लाभांसको चेक तथा पूर्जा संकलन गर्न भनेको हो ।

यस अघि भदौ ५ गतेसम्ममा नगद लाभांस बितरणका लागि बैंक खाता उपलब्ध गराएका र खाता विबरण गलत भई खातामा लाभांस नपाएका लगानीकर्तालाई पनि सोही समयमा लाभांसको पुर्जा संकलन गर्न आग्रह गरेको छ । यद्यपी आफ्नो पायक अनुसार लाभांस संकलन गर्न नसक्ने लगानीकर्ताले निर्धारित समय पछि क्यापिटलमा सम्पर्क गरी लाभांस संकलन गर्न सक्ने जनाएको छ ।

राजधानी बाहिरका लगानीकर्ताको हकमा ईन्भेष्टमेण्ट बैंकको नजिकको शाखा कार्यालयमा लाभांस संकलनका लागि निवेदन दिएर बैंकले दिएको समयमा लाभांसको पूर्जा तथा चेक संकलन गर्न आग्रह गरेको छ ।
बैंकले प्रकाशित गरेको सुचना यस्तो छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।