नागबेली, रिलायबल र मेरो माइक्रोफाइनान्सले पहिलो त्रैमास कस्तो छ ?

Nov 11, 2016 Merolagani

नागबेली लघुवित्त (NBBL) , रिलायबल माइक्रोफाइनान्स (RMFL@)  र मेरो माइक्रोफाइनान्स (MERO) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मिश्रित किसिमको वित्तीय विबरण सार्वजनिक गरेका छन् । जसमा नागबेली र मेरो माइक्रोफाइनान्सले कमाई बढाएको वित्तीय विबरण प्रकाशित गरेका छन् भने रिलायबलले कमाई घटेको वित्तीय विबरण प्रकाशित गरेको छ ।

नागबेली लघुवित्तले असोज मसान्तसम्ममा ८७ लाख ५९ हजार रुपैंया खुद नाफा गरेको वित्तीय विबरण निकालेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उसले ५९ लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा लघुवित्तको कमाई २९ लाख रुपैंयाले बढेको हो ।

उता रिलायबल माइक्रोफाइनान्सले असोज मसान्तसम्ममा ३७ लाख ५४ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो असोजमा उसले ४३ लाख ४८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा माइक्रोफाइनान्सको खुद नाफा ६ लाख रुपैंयाले घटेको हो ।

त्यसै गरी केही समय अघि मात्र ६ लाख कित्ता साधारण शेयर निष्काशन गरी पूँजी वृद्धि गरेको मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २६ लाख १४ हजार रुपैंया खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उसको खुद नाफा १ करोड ५८ लाख १९ हजार रुपैंया थियो । समिक्षा अवधिमा माइक्रोफाइनान्सको कमाई ५६ लाख रुपैंयाले बढेको हो ।

मेरो माइक्रोफाइनान्सको चुक्ता पूँजी २० करोड, रिलायबल माइक्रोफाइनान्सको ५ करोड ६५ लाख तथा नागबेलीको २ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको छ । तीन वटै संस्थाको कर्जा प्रवाह बढेको छ । व्याज आम्दानी पनि बढेको भए पनि रिलायबलले सम्भावित जोखिमका लागि १ करोड ३८ लाख रुपैंया प्रोभिजन गरेका कारण उसको सञ्चालन मुनाफा तथा खुद नाफामा गिरावट आएको हो । मेरो र नागबेलीको भने सबै सुचकरु बढेका छन् ।

निष्कृय कर्जा अनुपाततर्फ नागबेलीको १ दशमलव ७१, रिलायबलको १ दशमलव ४६ र मेरोको २ दशमलव शुन्य २ प्रतिशत रहेको छ । नागबेलीको प्रतिशेयर आम्दानी १ सय २५ रुपैंया २७ पैसा छ भने रिलायबलको २६ रुपैंया ५८ पैसा तथा मेरोको ४२ रुपैंया २४ पैसा रहेको छ ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।