नेपाल ग्रामिण बिकास बैंकले समातेकै हो त प्रगतिको लय ?

Nov 13, 2016 Merolagani

बिगतमा खराब कर्जाले झण्डै बिघटनमा गएका पाँच वटा ग्रामिण बिकास बैंकहरु मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंक(NGBBL)ले पनि अब प्रगतिको लय समात्न थालेको देखिएको छ ।

गत बर्षको पहिलो त्रैमाससम्ममा २३ करोड रुपैयाँ जगेडा कोष घाटामा रहेको नेपाल ग्रामिण बिकास बैंक यस बर्षको पहिलो त्रैमासमा आईपुग्दा चाढे चार करोड रुपैयाँ जगेडा नाफामा गएको उसको बित्तीय बिबरणमा उल्लेख छ । 

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड रुपैयाँ खुद नाफा कमाएको छ भने निस्क्रिय कर्जालाई पाँच प्रतिशतको हाराहारीमाा सिमित गरेको छ । बैंकको खुद ब्याज आम्दानी बढे पनि कर्मचारी र संचालन खर्च अत्यधिक रहेकाले कमाएको धेरै रकम त्यसै वापत भुक्तानी गरेका देखिन्छ ।
नेपाल ग्रामिण बिकास बैंकको सुरु देखिकै अबस्थाबारे जानकार स्रोतले भने बैंकको बित्तीय अबस्थाको पूर्ण रुपमा परीक्षण गरिए आशातित प्रगति भएको नदेखिने दावी गरेका छन् । पूर्ण कम्प्युटकृत प्रणाली नभएकाले उसको सम्मूर्ण बित्तीय अबस्था झल्किन सकेको छैन । बैंकको पूँजी कोष अनुपात राष्ट्र बैंकले तोके भन्दा निकै कम रहेकाले अरु धेरै सुधारको आबश्यकता खट्किएको छ ।

हालै साधारणसभा सम्पन्न भई अनुभवी नयाँ कार्यकारी प्रमुखले जिम्मेवारी सम्हालेको हुँदा बैंकले आगामी दिनमा राम्रै प्रगति गर्नसक्छ तर यही बहानामा उसको सेयर उचालिएर किन्नु चाँही फाईदाजनक नहुनसक्छ । बिगतमा मर्ज हुँदा कतिपय बैंकका सेयरधनीले १०० कित्ता बराबर एक कित्ता पनि स्वाप नपाएका र बैंकले गत बर्षको खुद नाफाबाट कत्तिपनि लाभांश बाड्न नसक्ने अबस्था छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।