समिट माईक्रोको मूल्य आम्दानी अनुपात नै २०० गुणा हुँदा जोखिमको मात्रा कति ?

Nov 13, 2016 Merolagani

समिट माइक्रोफाइनान्स (SMFDB) ले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा आफ्नो सञ्चालन मुनाफा २९ लाख रुपैंयाले बढाएर १ करोड ६१ लाख रुपैंया पुर्याएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३२ लाख रुपैंया सञ्चालन मुनाफा कमाएको लघुवित्तले यस पटक १ करोड ६१ लाख रुपैंया सञ्चालन मुनाफा कमाएको हो ।

७ करोड २५ लाख रुपैंया चुक्ता पूँजी तथा ४ करोड ७५ लाख रुपैंयाको जगेडा कोष रहेको लघुवित्तको व्याज आम्दानी बढेको अनुपातमा कर्मचारी खर्चमा पनि बढोत्तरी भएका कारण सञ्चालन मुनाफाको वृद्धि अलि कम भएको हो । सञ्चालन मुनाफामा आएको वृद्धिसँगै उसको खुद नाफा १८ लाख रुपैंयाले बढेको छ । समिक्षा अवधिमा ८४ लाख रुपैंयाको खुद नाफा बढेर १ करोड २ लाख रुपैंया पुगेको छ ।

शुन्य दशमलव ३९ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैंया १८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैंया ५७ पैसा रहेको छ । समिटको प्रतिकित्तन शेयर २ हजार ८ सय ५० रुपैंयामा किनबेच भैरहेको छ । वित्तीय विबरण प्रकाशित गर्ने क्रममा लघुवित्तले मूल्य आम्दानी अनुपात २ सय १ दशमलव शुन्य ३ गुणा बढी रहेको उल्लेख गरेको छ । बजारमा भैरहेको औसत कारोबार तथा समग्र कम्पनीको तुलनामा यो लघुवित्तको शेयर मूल्य अधिक महंगो र जोखिमयुक्त रहेको देखिन्छ ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।