उत्तानो प्रसाद र हरियाली माईलाहरुले हल्ला बन्द गरी मनन् गर्नुपर्ने १० सुत्र

Nov 15, 2016 merolagani

मेरोलगानी टिप्पणी
सेयर बजारबारे सामाजिक संजालमा क्रिया प्रतिक्रिया जनाउनेहरु मुख्य गरी दुई ध्रुबमा बाँडिएका छन् । एकथरी बजार अब सधै उत्ताने पर्छ भन्छन् भने अर्काथरी जहिले पनि हरियाली देख्न पाईयोस भन्दै हरियो तरकारी र साग दैनिक रुपमा पोष्ट गर्छन । बजार तीब्र रुपमा ओरालो लागेको र उकालो चढेको बेलामा पनि यी दुबै बर्गका सामाजिक संजाल प्रयोगकर्ताहरुको चहल पहल कम हुँदैन् ।

यही दैनिकीबाट दिक्क भएका सामाजिक संजाल प्रयोगकर्ता पिताम्बर घिमिरेले यस्तो आक्रोश पोखें ।

हुन त यस्ता हल्लाखोरहरुको चर्तिकला विश्वका जुनसुकै सेयर बजारमा पनि देख्न पाईन्छ, अरु ठाउँमा अलि भरपर्दो र बिस्वासिलो सूचना हो भन्ने गरी हल्ला चलाईन्छ भने यहाँ ताई न तुईको हल्ला गर्नेहरु छन्, फरक यत्ति हो । 

सामाजिक संजालमा सेयर बजार बढोस वा घटोस भन्ने दुई ध्रुबीय कुरा गर्नेहरुले कुनै गतिलो तर्क राख्न सकेको देखिन्न । एकथरीलाई घट्नु मात्र परेको छ भने अर्कोलाई बढेर सर्बत्र हरियाली मात्र छाओस भन्ने छ । नेपालको सेयर बजारमा हल्ला चलाउनलाई उत्तानोप्रसाद र हरियाली माईलाहरु भनेर यहाँ सम्बोधन गर्नु उचित होला । यसलाई ब्यक्तिगत आक्षेप लगाएको नमानियोस ।

सेयर बजारमा बृद्धि र गिरावट नियमित प्रक्रिया हुन् । बजार एउटा नियममा चल्छ, जसलाई माग र आपुर्तिले सन्तुलनमा राखेको हुन्छ । यसमा तलमाथि हुनासाथ घट्ने र बढ्ने हुन्छ ।

माग र आपुर्तिलाई असर पार्ने कुराहरुमा लगानीकर्ताको मनस्थिति मुख्य कुरा हो । देशको अर्थतन्त्र प्रतिकुल बनेको, राजनीतिक अन्योल बढेको बेलामा पनि सेयर बजार बढिरहेको हुन्छ, त्यो लगानीकर्ताको आत्मबल बलियो भएकाले हो । कम्पनीको अबस्थामा परिवर्तन, फाईदा सुरक्षित गर्ने प्रबृत्ति, अर्थतन्त्रको अबस्था, राजनीति, तरलता, ब्याज दर, बजारमा थपिने सेयर संख्या, अन्य क्षेत्रमा लगानी जानसक्ने संभावना लगायतका बिबिध कुराले लगानीकर्ताको मनस्थिति निर्माण गर्छ । 

कतिपय घटना तथा समाचारहरुको मनोबैज्ञानिक प्रभाव लगानीकर्तामा पर्दा पनि सेयर बजारमा उतार चढाव आउँछ, यस्ता कुराहरु क्षणिक हुन्छन् । तर ठूला घटनाको प्रभाव दीर्घकालीन र गहिरो हुन्छ, जसलाई सामान्यीकरण गर्न लामो समय लाग्छ । 

अहिलेको सेयर बजार किन घटेको हो भन्ने तर्फ बिबेचना नै नगरी उत्तानो पर्छ र सधै हरियाली छाउँछ भन्ने तर्क गर्नु बेकार छ ।

गत बर्ष पूँजी बजारमा भएको सुधार, लगानीकर्ताको बढ्दो संख्या, अधिक तरलता, बजारमा सेयर आपुर्ति संख्या कम हुनु, लगानीकर्तालाई प्रायः सेयरमा न नाफा, न घाटाको अबस्था रहनु, पूँजी बृद्धिको प्रभाव, अन्यत्र लगानीको अबसर कम हुनु, बैंक ब्याज दर न्युन हुनु लगायतका कारणले पूँजी बजार लगातार माथि गयो ।
यस बर्षको सुरुका दिनहरु सम्ममा आईपुग्दा प्रायः सबै बाणिज्य बैंकका सेयर राखेकाहरुले ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नाफा कमाए । त्यसपछि हकप्रदको चाप बढ्दै गयो र हकप्रदका लागि रकम जोहो गर्नेहरु सेयर बेच्न आए । हकप्रद र बोनसले बजारमा सुचिकृत सेयरको आपुर्ति ह्वात्तै बढाईदियो, जसलाई बजारले थाम्न सकेन ।

नाफामा रहेका सेयरधनीले बजार घट्न थालेपछि अरु घट्ला भन्ने चिन्ताले सेयर बेच्ने नै भए । चाड पर्वको मौसमको असर पनि यसमा पर्यो । सेयरबाट कमाएकाहरुले पैसा निकालेर घर र गाडी जोड्दाको एउटा पाटो पनि यसमा छ । बैंक ब्याज दर उकालो लाग्ने क्रमसँग कर्जा लिएर सेयर बजारमा लगानी गर्नेहरु निरुत्साहित हुनथाले । संस्थागत र ठूला लगानीकर्ता सेयर बजारमा झर्न छाडी डिलमा बसेर रमिता हेरे । सेयर बजारमा तत्काल ठूलो प्रभाव पार्ने खालका सूचना र नीतिगत निर्णयहरु आएनन् । यसरी हेर्दा बजारमा दिनदिनै निराशाजनक अबस्था देखियो, यसैले कारोबार रकमलाई साढे दुई अर्बबाट ६०, ७० करोडमा सिमित गरिदियो र नेप्से पनि लगातार ओरालो लाग्यो । आईतबारसम्म  नेप्सेको समग्र पूँजीकरणमा झण्डै एक खर्ब २० अर्बको क्षति भईसकेको अबस्था थियो, सोमबार त्यसमा केही सुधार आयो । 

धेरै माथि चढेपछि बजार ओर्लनु स्वभाविक हो । यो हुनै पर्दथ्यो र अब लगभग करेक्शन मुड सकिएको संकेत मिल्दछ । तर सेयर बजारमा यसै हुन्छ भनेर भबिष्यबाणी गर्नेहरु बारम्बार फेल भईरहेका छन् । धमिलो वातावरणमा मधुरो देखिएको संकेतलाई ठूलो हावाहुरीले फेरि तिल्मिलाईदिनसक्छ ।

सेयर लगानीकर्ता संघले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेचन्जका पदाधिकारीहरुसँग हालै गरेको घण्टौ लामो छलफलको सांराश थाहा पाउने हो भने नेपालको सेयर बजारमा शीघ्र ठूला नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरु हुँदैछन् ।

एक, डेढ महिना भित्रमा अनलाईन कारोबार प्रणाली स्थापना गर्ने कुरा टुंगो लाग्ने, गैरआवासीय नेपाली र बिदेशी कम्पनीहरुललाई सेयर बजारमा भित्र्याउने प्रक्रिया पनि चाँडै स्पष्ट हुने, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन, थप क्लियरिड. बैंक थप्न सेबोन र नेप्से दुबै उत्साहित छन् । हालका सेयर दलालहरुलाई पचहत्तरै जिल्लामा पठाउने नीतिगत सहमति, ब्रोकर मार्फत सेयरधितो कर्जा लगायतका ठूला नीतिगत परिवर्तनका लागि नियमनकारी निकायहरुलाई थामिनसक्नु दबाब परेकाले उनीहरु अब सकेसम्म आपसमा समन्वय गरेर र कतिपय मामिलामा एक्लै निर्णय गरेर अगाडि आउने संकेत देखिन्छ ।

नेप्सेका महाप्रबन्धक सिताराम थपलिया आफ्नो बाँकी रहेको नौ महिने कार्यकालमा नेपालको सेयर बजारमा अमिट छाप छाड्ने गरी केही युगान्तकारी सुधार गर्न प्रयासरत रहेको उनका निकटवर्तिहरु बताउँछन् । सेबोनका डा. रेबतबहादुर कार्की त सेयर बजार सुधारका अग्रगामी अभियन्ता सावित भईसकेकै छन् ।
नेपालको सेयर बजारमा दुई बर्ष यता केही युगान्तकारी सुधार नभएका हैनन् । धितोपत्र बोर्ड र नेप्सेका तर्फबाट केही सुधारहरु भएका छन् तर त्यो अहिलेको अबस्थामा अप्रर्याप्त भयो ।

नेपालको सेयर बजारमा कागजी प्रमाणपत्रको बिस्थापन गरी पूर्ण अभौतिक प्रणाली लागु हुनु, मार्केट डेप्थ सर्वसाधारण लगानीकर्ताको पहुँचमा पुग्नु, सेयर किनेको चोथो दिनमा सेयर खातामा आउनु र चौथो दिनमै सेयर बेचेको पैसा खातामा जम्मा हुनु, साधारण सेयर र हकप्रद आबेदन प्रक्रियामा भएको सरलीकरण, नेप्सेको कारोबार समय थप, बहु आबेदन, एकल खाताबाट रकम भुक्तानी बन्द, तोकिएको प्रक्रिया अनुसार काम नगर्ने सेयर दलाललाई कारबाही, ठगी नियन्त्रण, सेयर नपरेको पैसा खातामै फिर्ता जाने लगायतका महत्वपूर्ण परिवर्तन भईसकेका छन् भने हालै धितोपत्र निश्काशन नियमावलीमा परिवर्तन र माघ १ गतेदेखि सेयर आबेदन गरेको रकम सम्बन्धित लगानीकर्ताको खातामै रोक्का रहने आश्बा प्रणाली कार्यान्वयनले सेयर बजारलाई अरु ब्यवस्थित गर्नेछ ।

लगानीकर्ताहरुको संख्या र अबस्थाको बारेमा कुरा गर्ने हो भने पनि २०६४,०६५ सालमा जस्तो सेयर बेचेर भागाभाग गर्ने लगानीकर्ता हैन् जोखिम आँकलन गरेर थाम्न सक्ने लगानीकर्ताको संख्या हजारौ छ । हल्लामा बहकिने केही होलान् तर सबै छैनन् । सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताहरुको उपस्थितिले बजारको स्थायित्वलाई आठ दिएको छ । उत्तानोप्रसादहरुले भन्दैमा नेपालको सेयर बजार हल्लाकै भरमा क्रयास चाँही हुँदैन । 

बरु नियमनकारी निकायहरुले अपेक्षित सुधार गरेको अबस्थामा अहिलेको अबस्थाबाट पूँजी बजार बिस्तारित नै हुने हो । दुई बर्ष भित्रमा पूँजीकरण दोब्बर पनि हुनसक्छ, नेप्से कतिपुग्छ त्यो पछि हिसाब गर्दै गरौंला । 

अब यत्ति भनिसकेपछि उत्तानोप्रसाद र हरियाली माईलाहरुलाई संझाउने केही कुराहरु यहाँ प्रस्तुत गरिन्छ ।

. लौ के के नै हुन्छ भनेर सेयर बेच्नुपर्ने अबस्था अहिले छैन र सेयर नै नपाईला भन्दै उचालिएर सेयर किन्नु पनि आबश्यक छैन । सेयर बजारमा अति उत्साहित पार्ने र चरम निराश बनाउने दुबै खाले प्रबृत्ति अति घातक हुन्छन् । 

त्यसैले बजारलाई प्रभावित पार्ने, साधारण लगानीकर्तालाई आतंकित पार्ने,प्रमाणित हुन नसकेका बेतुकका हल्लाहरु फैलाउन छाड ।

 . प्राबिधिक बिश्लेषण मात्रै हैन, कम्पनीको आधारभुत अबस्थालाई पनि उत्तिकै बिश्लेषण गरी सेयर बजारमा सुझबुझपूर्ण निर्णय लिउँ र अरुलाई पनि त्यही सिकाउ ।

 . बजारको आफ्नै नियम हुन्छ, त्यही नियम अनुसार बजारलाई चल्न देऊ । यस्तो हुन्छ र उस्तो हुन्छ भन्नु बेकारको कुरा हो । भबिष्यवाणी गर्नेहरुलाई आफु नै कुन बेला मर्छु भन्ने थाहा हुन्छ र ?

. मार्केट डेप्थको सुबिधा पाउँदा सर्बसाधारण लगानीकर्ता धेरै लाभान्वित भएका छन् । केही सेयर दलालले मात्र उपभोग गर्न पाएको त्यो सुबिधा सर्बसाधारणको पहुँचमा पुग्नु निकै ठूलो उपलब्धि हो । तर त्यसलाई दुरुपयोग गर्न चाहनेहरुले मार्केट डेप्थलाई भुत बनाएका छन् र यही औजार प्रयोग गरेर सर्बसाधारण लगानीकर्तालाई तसाईरहेका छन् । किन्ने र बेच्ने दुबै तर्फ सेयर संख्याको सन्तुलन नमिल्दा अहिलेको अबस्था आएको हो ।

त्यसैले सेयर बजारलाई तल झार्छु भन्दै बिक्रीमा चाप देखाउने काम नगर र महंगोमा बेच्छु भन्दै खरिदमा चाप देखाएर सेयर मुल्य बढाएर सर्वसाधारण लगानीकर्तालाई मुर्ख बनाउने काम नगर । 

 ५. हकप्रदको नाउमा अरुलाई महंगोमा सेयर किन्न उराल्ने काम बन्दै गर किनभने हकप्रदमा उरालिएर किन्नेहरुले नाफा पाउने भन्दा पनि कम्पनीलाई पैसा दिने हो । दीर्घकालीन हिसाबले राम्रा कम्पनीको हकप्रद किन्नेहरुले फाईदा लिनसक्छन् तर ब्यापारी बनेर सेयर बजारमा हकप्रदमा उचालिएर सेयर किन्नेहरुले खाने घाटा नै हो ।
 . सामाजिक संजालमा हल्ला गरेर दुई, चार करोड चुक्ता पूँजी भएका, सिमित कार्य क्षृेत्र भएका, बदनाम संचालकहरु भएका सेयरको मूल्य आकाश छुने गरी नउचाल, तौर तरिका मिलेन भने त्यसले थिच्ने सबैभन्दा पहिले तिमिलाई नै हो । किनभने संकटको बेलामा यिनीहरुेले भार थाम्न सक्दैनन् उचाल्नेलाई थिच्छन् ।

  आजको भोलि करोडपति हुन्छु भनेर सेयर बजारमा छिरेका हौ भने त्यो मुर्खता हो, कहिले काँही मुर्खको पनि जित त हुन्छ तर दीर्घकालीन लगानी गर्ने बुद्धिमानहरु कमै हार्छन ।

८ं   सर्वसाधारण लगानीकर्ताले पनि हल्लाखोरहरुबाट सतर्क रहि सत्यतथ्य बुझेर आफ्नै निर्णयमा लगानी गरौं । हल्लाखोरहरुबाट सदैब सचेत रहौं । सकेसम्म उनीहरुलाई अनफ्रेण्ड गरौं ।

. राम्रा कम्पनीको सेयरमा मात्र लगानी गरौं । यसो भन्दा मेरोलगानी डटकमलाई बारम्बार लगानीकर्ताहरुले सोध्ने गर्छन - एक दुईवटा राम्रा कम्पनीको नाम बताईदिनुस न ।
आँप खान खोज्नेले लटरम्म फलेको रुख खोजेर झटारो हान्ने प्रयास त गर्नेपर्छ । 

हामी कम्पनीको नामै तोकेर भन्दैनौ, आधार र गुण मात्र बताउँछौ - 
मूल्य आम्दानी अनुपात २० गुणा वा सो भन्दा तल भएका, पूँजी आधार राम्रो रहेको, निक्षेप र कर्जा बिस्तार आक्रामक रुपमा गरेको वा ब्यापार बढाउँदै लगेको, गत बर्षको खुद नाफाबाट आकर्षक बोनस सेयर दिएर पूँजी कृछि गरेको, हकप्रद पनि दिएको रहेछ भने दुबै जोड्दा प्रति सेयर आम्दानीलाई सन्तुलनमा राखेको वा बढाएको, तीन बर्षदेखि लगातार बोनस सेयरको मात्रा बढाउँदै आएको, हकप्रद भन्दा बोनस सेयर धेरै दिने, निस्क्रिय कर्जा ३ प्रतिशत मुनी रहेको, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै रहेको, देशब्यापी कार्य क्षेत्र भएको, प्रतिष्ठित र बिबादमुक्त संचालकहरु रहेको, संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली राम्रो रहेको, नियमनकारी निकायहरुको कारबाहीमा नपरिरहेको वा पर्ने संभावना नरहेको कम्पनीको सेयर मूल्य तल झरेको बेलामा खरिद गरौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण समेत अध्ययन गरी गत बर्षको बोनस घोषणा गर्न बाँकी कम्पनीको सेयर सस्तोमा किनौ । 

१०.सुझबुझ प्रयोग गरेर लगानी गर्नेहरुको नेपालकोे सेयर बजारमा भबिष्य उज्यालो छ । सेयर बजार तल गएको बेला कम्तिमा  १० वटा राम्रो कम्पनीको सेयर मुल्य घटाएरै किन्नौ । तीन बर्षका लागि र्दीर्घकालीन गरिएको हो भने पनि सेयर बजार बढेर आफुलाई चाहे जत्ति नाफा भएपछि बेच्न नबिर्सौ । 

नोटः यो आलेखबाट कसैमा आघात पर्न गएमा संयोग मात्र हुनेछ,प्रबृत्तिको मात्र बिरोध गरिएको हो, पात्रको हैन । समाचारमा प्रस्तुत आकृति ईन्टरनेटबाट लिईएको हो । 

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।