सिभिल बैंकको हालत झन् खराब हुँदै जाँदा ईच्छाराज र किशोर महर्जन कति जिम्मेबार ?

Nov 17, 2016 Merolagani

तिलक कोइराला

दुई अर्ब चुक्ता पूँजी रहेको आईएलएफसीलाई आफुमा गाभेको सिभिल बैंक(CBL)को हालत झन् खराब हुँदै गएर संचालन घाटा बढेपछि त्यस बैंकका अध्यक्ष तथा सांसद ईच्छाराज तामाड. र प्रमुख कार्यकारी किशोर महर्जनको कार्यदक्षतामाथि प्रश्न उठेको छ ।

सिभिल बैंकको खुद नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ७३ प्रतिशतले घटेर प्रति सेयर आम्दानी एक रुपैयाँ ८५ पैसामा सिमित भएपछि त्यस बैंकको सेयरमा लगानी गरेकाहरुलाई पर्नु पीर परेको छ ।

हेर्नुहोस् सिभिल बैंकको अवनति

 रकमलाई करोडमा देखाईएको छ ।

सिभिलको बित्तीय बिबरण यहाँ हेर्नुहोस् ।

सिभिल बैंकले आईएलएसफीलाई आफुमा गाभेर कार्तिक १ गतेदेखि संयुक्त कारोबार गरेकाले यसमा संयुक्त बित्तीय बिबरण संलग्न छैन । आईएलएफसीलाई गाभेपछि उसको चुक्ता पूँजी चार अर्ब ५८ करोड पुगेको भने युनिक र हामा फाईनान्सलाई समेत खरिद गर्ने सम्झोता भएको छ । यी पछिल्ला दुइ संस्थाहरु पनि संकटग्रस्त अबस्थाबाट तंग्रिदै गरेकाहरु हुन् ।

निस्क्रिय कर्जा धेरै भएको आईएलएफसीको समेत हिसाब बित्तीय बिबरणमा समाबेश हुने हो भने सिभिलको अबस्था डरलाग्दो देखिने निश्चित छ । निस्क्रिय कर्जा अहिले नै ४.१३ प्रतिशत पुगेकाले आईएलएफसीको समेत निस्क्रिय कर्जा जोड्दा कम्तिमा १० प्रतिशत नाघ्नसक्छ । आईएलएफसीको निस्क्रिय कर्जा गत असार मसान्तमा १६ प्रतिशत भन्दा बढी थियो । केही मात्रामा बढेको ब्याज आम्दानीले मात्रै उसको सकारात्मक पक्ष हावी हुन सक्देन ।

केही बर्षदेखि सिभिल बैंकको अवनति हुनुको कारण त्यस बैंकबाट केही ब्यक्तिलाई प्रबाह भएको ठूलो परिमाणको बिनाधितो कर्जा असुलीमा समस्या हुनु र संस्थागत सुशासनको अबस्था दयनीय रहनु भएको बताईन्छ । सिभिलले दोस्रो त्रैमास अवधिमा निस्क्रिय कर्जा असुलीमा अत्यन्त निर्मम कदम नचाले उसलाई समस्यामा पर्नबाट कसैले रोक्न नसक्ने संभावना देखिन्छ ।

संसदको अर्थ समितिमा बसेर राष्ट्र बैंकले ल्याएको कानुनको मस्यौदालाई असफल पार्न लाग्ने बैंकरको आफ्नै बैंकको हालत यो हुनुले पक्कै राम्रो संदेश जाँदैन । साथै प्रमुख कार्यकारी किशोर महर्जनले पनि आफ्नो करियर दाउमा रहेको महसुस गरी बेलैमा बैंकको अबस्था सुधार्न नलागे अहिलेसम्मको अनुभव र प्रतिष्ठा ब्यर्थ हुने छ किनभने बैंक समस्यामा परेपछि कमाउने त बदनामी नै हो । यी दुबै पदाधिकारीले अन्य समकालीन बैंकहरुको प्रगति मात्रै हेरेर आफ्नो बैंक सुधार्न लागे पनि धेरै परिवर्तन संभव छ ।

बैंक अबनति तिर गएको बारेमा प्रक्रिया लिन खोज्दा सिभिलका अध्यक्ष र प्रमुख कार्यकारी, कम्पनी सचिव डिल्लीराम श्रेष्ठ लगायतका पदाधिकारीहरु मेरोलगानी डटकमसँग सम्पर्कमा आउन चाहेनन् ।  

आईएलएफसीलाई गाभे पछि आईएलएफसीओ माईक्रोफाईनान्स पनि सिभिलकै सहायक कम्पनीको रुपमा आएको छ । सिभिल क्यापिटलमा समेत बहुमत सेयर रहेकोले सिभिलको ब्यवस्थापनले बैंक सुधारेमा आगामी दिनमा प्रगति गर्नसक्ने पुर्वाधारहरु भने छन् । 

उसले गत बर्ष अन्यन्त थोरै रकम खुद नाफा गरेकाले लगानीकर्ताले यसपल्ट पाए पनि नाम मात्रको लाभांश पाउनसक्छन् । यस बर्षको सुधार कस्तो हुन्छ भन्ने कुराले आउने बर्षको साधारणसभामा लगानीकर्ताले लाभांश पाउने कि धरासायी बैंकका सेयरधनी बनेर बस्ने भन्ने टुंगो लाग्नेछ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।