राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा के कारणले घट्यो ?

Nov 18, 2016 Merolagani

पुरै सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा गत बर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । बैंकको खुद नाफा १० करोडले कमी आई ५० करोडमा सिमित भएको छ ।,

केही बर्ष अघि निस्क्रिय कर्जाले थलिएर संकटग्रस्त बनेको बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत संस्थापक सेयर बेचेर जगेडा घाटा पुर्ति गरेको थियो । बैंक अहिले स्वस्थ बन्ने चरणमा गई जगेडा कोष एक अर्ब २३ करोड रुपैयाँ, पूँजी कोष ११.५३ प्रतिशत र निस्क्रिय कर्जा ३.३० मा सिमिति भई स्वस्थ बनेको छ ।

एक खर्ब ४६ अर्ब निक्षेप जम्मा गरेर बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा अगाडि देखिएको राष्ट्रिय बाणिज्य बैंकले ८५ अर्ब ९८ करोड कर्जा प्रबाह गरेको छ । उसको ब्याज आम्दानी र संचालन नाफा घटी निस्क्रिय कर्जा वापतको रकम ब्यवस्था बढाउनु पर्दा खुद नाफामा असर परेको देखिन्छ । सरकारी बैंक भएर पनि कर्मचारी र संचालन खर्च निण्न्त्रणमा राख्न सक्नु उसको सकारात्मक पक्ष हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।