गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैंया खुद नाफा गरेको बैंकले यस पटक १ करोड ४० लाख रुपैंयाले कमाई बढाएको हो । यसै क्रममा बैंकले अहिलेको चुक्ता पूँजी ४२ करोड ५५ लाख ५५ हजारलाई बढाउनका लागि मंसिर २३ गतेदेखि एक बराबर एक दशमलव दुई कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशनको सूचना प्रकाशन गरेको छ ।
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस तथा एक प्रतिशत नगद लाभांस प्रस्ताव गरेको बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाहमा फराकिलो अंकको बिस्तार गरेको छ । व्याज तथा सञ्चालन आम्दानी पनि उल्लेख्य बढाएको बैंकको प्रतिशेयर आम्दानी २४ रुपैंया ८८ पैसा कायम गर्न सफल भएको छ । अहिले हकप्रदबाट पूँजी वृद्धिको योजनामा रहेको बैंकले यसै
अनुपातमा गरेको कमाईको बढोत्तरीले आगामी दिनमा पनि कमाईको अनुपातलाई यथास्थानमा राख्न सक्ला कि नसक्ला भन्ने चासो लगानीकर्तामा छ ।
हकप्रद निष्काशन पश्चात ९० करोड २१ लाख ७७ हजार रुपैंया चुक्ता पूँजी हुने बैंकको बोनस बितरण पश्चात चुक्ता पूँजी ९८ करोड ३० लाख रुपैंया नाघ्नेछ । बैंकको हकप्रदमा आवेदन दिनका लागि गत असोज १८ गतेसम्म शेयर किनेका लगानीकर्ताले एनएमबी क्यापिटलमा सम्पर्क राख्नुपर्ने हुन्छ । त्यसैगरी एनएमबी बैंकका शाखा तथा सेवा विकास बैंकका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिने बताइएको छ ।
इन्नोभेटिभ, सेवा विकास बैंक र आईएलएफसीओले कति गरे बोनस प्रस्ताव ?
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................