राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सेयर जनतालाई बेच्न सरकारसँग माग्यो अनुमति

Nov 23, 2016 merolagani

आरबिबि मर्चेन्ट बैंक संचालन र भारतको नयाँ दिल्लीमा शाखा
सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक (RBB) ले ३० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्न सरकारसँग अनुमति मागेको छ । वाणिज्य बैंकको यस प्रस्तावमा राष्ट्र बैंकले समेत साथ दिदै ३० प्रतिशत सेयर जनतालाई दिनैपर्ने तर्क गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा कर्पोरेट शाखा उद्घाटन तथा स्वर्ण जयन्ती स्मारकको अनावरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार क्षेष्ठ तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले सर्वसाधारण्लाई ३० प्रतिशत सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरासँग आग्रह गरेका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले यसअघिनै ३० प्रतिशत सेयर जनतालाई बिक्री गर्न अर्थमन्त्रालयमा प्रस्ताव गरेकोमा तत्कालीन एमाले नेतृत्वको  सरकारले यसलाई अस्विकार गरेको थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेष्ठले बैंकको अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दे आगामी आर्थिक बर्षबाट सरकारलाई दश प्रतिशत लाभांस दिन बैंक सक्षम रहेको बताए ।

गभर्नर नेपालले वित्तीय क्षेत्र उकास्न राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण दायित्व रहेको बताउदै हिजोको अवस्था नआओस भन्नका लागि पनि बैंकमा जनताको स्वामित्व बढाउनै पर्नेमा जोड दिए । पुँजी बजारको विस्तारका लागि पनि वाणिज्य बैंकले जनतालाई सेयर दिनुपर्नेमा गभर्नर नेपालले सरकारको ध्यानकर्षण गराए। बाह्र बर्ष अगाडि ६० प्रतिशत भन्दा धेरै खराब कर्जा रहेको बैंकले खराब कर्जा तीन प्रतिशतमा झार्नु महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सर्वसाधारण जनतालाई ३० प्रतिशत सेयर दिने बिषयलाई अर्थमन्त्रालयले गम्भिरतापूर्वक लिएको र यो बिषयलाई छिट्ै टुङ्याउने जानकारी समेत दिए ।

सो अवसरमा बैंकका अध्यक्ष डा रबिन्द्र प्रसाद पाण्डेले बैंकले भारतको नयाँ दिल्लीमा शाखा खोल्ने निर्णय गरेको र चिनमा समेत शाखा विस्तार गर्ने सोच रहेको जानकारी दिए । बैंकले सहायक कम्पनीका रुपमा लघुवित्त संस्था र आरबिबि मर्चेन्ट बैंक संचालनको प्रक्रिया अगाडि बढाएको समेत पाण्डेले जानकारी दिए ।

२०२२ साल माघमा स्थापना भएको बैंकको केन्द्रीय कार्यालयमा खोलिएको कर्पोरेट शाखासँगै देशभर १७१ शाखा पुगेका छन् । ८ अर्ब ५८ करोड चुक्तापुँजी रहेको बैंकले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा एक खर्ब ४६ अर्ब ६० करोड निक्षेप संकलन गरेर ८५ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ । यसअवधिमा बैंकले ५० करोड खुद नाफा कमाएको छ ।

बाणिज्य बैंकका हाल दुई हजार ३ सय ५३ कर्मचारी रहेका छन भने ४५८ भर्नाको क्रममा रहेको छन् ।
साथै बैंकले आगामी आर्थिक बर्षसम्ममा ३ अर्ब खुद नाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।

.............................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..........................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।