किङ्स कलेज र युनुस सेन्टरबीच उद्यमशिलता केन्द्र स्थापना गर्न समझदारी

Nov 24, 2016 merolgani



काठमाडांैको किङ्स कलेज र ढाकास्थित युनुस सेन्टरले नेपालमा सामाजिक उधमशिलता केन्द्र स्थापना गर्न साझेदारी गर्ने भएका छन् । यि दुई संस्थाहरुले ढाकास्थित ग्रामिण बंैकको कार्यालयमा विहिबार एक सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार किङ्स कलेजले नेपालमा पहिलो पटक युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापना गर्नेछ ।

सहमतिपत्रमा किङ्स कलेजका तर्फबाट कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल र युनुस सेन्टरका तर्फबाट संस्थाका अध्यक्ष नोबल पुरस्कार बिजेता प्रोफेसर डाक्टर मोहमद युनुसले हस्ताक्षर गरे । सहमति अनुसार नेपालमा युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापना गरी नेपालको गरिबी निवारणमा डाक्टर युनुसद्धारा प्रतिपादित सामाजिक उधमशिलताको अवधारणाको कार्यान्वयनका लागि विभिन्न क्रियाकलाप संचालन गरिनेछ ।

सहमती अनुसार युनुस केन्द्र र किङ्ग कलेजबिचको सहकार्यमा सेतुको भूमिका निर्वाह गर्ने युनुस सामाजिक उधमशिलता केन्द्रले सामाजिक उधमशिलता कार्यक्रमहरु, पठनसमाग्रीहरु, अनुसन्धानहरु, प्रकाशन, सामाजक उधमशिलता निर्माण तथा मूल्यांकन प्रयोगशाला, सम्मेलन, शैक्षिक कार्यशाला, इन्टर्नशिप तथा छात्राबृत्ति कार्यक्रम लगायत पनि संचालन गर्नेछ ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।