पहिले बाणिज्य बैंकहरुको यो तुलनात्मक अबस्था अध्ययन गर्नुहोस् ।

जुन बाणिज्य बैंकको निक्षेप संकलन र कर्जा परिचालन बढेको छ, पूँजी बढेको छ, खुद नाफा बढेको छ, जगेडा कोष बढेको छ, प्रति सेयर आम्दानी बढेकोछ, निस्क्रिय कर्जा अनुपात घटेको छ, त्यो बैंकलाई गहिरोसँग हेर्नुहोस् । खराब कर्जा असुलेर र सम्पति बेचेर भन्दा पनि नियमित कमाई बढाउनेहरुलाई अरु बढी ध्यान दिनुहोस् । जुन बाणिज्य बैंकको बृद्धि १० प्रतिशत भन्दा माथि छ, त्यसलाई अझ बढी गहिरिएर हेर्नुहोस् र नोटिसमा लिनुहोस् ।
यस असोज र अघिल्लो असोजको खुद नाफा बृद्धिको अबस्था केलाउनुहोस्

सच्चाईएकोः नेपाल एसबीआई बैंकको गत आर्थिक बर्षको खुद नाफा ३० करोड २० लाख ७१ हजार रुपैयाँ हुनुपर्नेमा अन्यथा पर्न गएकोमा क्षमा माग्दै सच्याएका छौ -सम्पादक
अब नेप्सेमा घट्दै गएर गत बिहीबार कायम भएको सेयर मूल्यसँग उसको यस आर्थिक बर्षको पहिलो त्रैमासको खुद नाफा कमाई, प्रति सेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति सेयर नेटवर्थ, निस्क्रिय कर्जा र ब्यापार बृद्धिलगायतका कुराहरु दाज्नुहोस् ।
प्रति सेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि र मुल्य आम्दानी अनुपात ३० गुणा भन्दा तल छ र सेयर मूल्य ५०० रुपैयाँदेखि ७०० रुपैयाँसम्ममा झरेको छ भने त्यो बैंकलाई अब सेयर किन्ने सूचीमा समाबेश गर्नुहोस् । मूल्य आम्दानी अनुपात ३० गुणा भनेको जोखिम धेरै हो तर अहिलेको अबस्थामा त्यो भन्दा तल निकै कम कम्पनी छन् ।
के पत्ता लगाउनु भयो ?
बैंकले अघिल्ला बर्षहरु भन्दा गत बर्षको नाफाबाट प्रतिफल बढाएको छ कि छैन ? प्रति सेयर आम्दानी बढेको छ कि छैन ? चुक्ता पूँजी बढाउँन गत बर्षको कमाईबाट बोनस सेयर दिन बाँकी छ कि छैन ? पत्ता लगाउनुहोस् । कतिपय बाणिज्य बैंकको सेयर मूल्य त साधारण सेयर अर्थात आईपीओ हाल्दा अहिले लाग्ने लागतकै हाराहारीमा आईपुगेका छन् र गत बर्षको बोनस र हकप्रदको हिसाब गर्दा अझै सस्तो पर्न जान्छ ।
हो, मध्यरेखामै भबिष्य सुरक्षित छ ।
सबै कुरा सकारात्मक छन् र गत बर्षको बोनस पनि पाउने संभावना छ भने सस्तोमा राम्रो प्रतिफल पाईने बाणिज्य बैंकको सेयर किन्ने अवसर नगुमाउनुहोस् । यस्ता कम्पनीहरुको सेयरमा दीर्घकालीन लगानी गरिएमा सेयर बजार जत्ति घटे पनि पछुताउनु पर्दैन किनभने यी सुरक्षित कम्पनी हुन् ।
सेयर मूल्यलाई अन्य आधारभुत सूचकहरुसँग जोख्नुहोस्

बाणिज्य बैंकहरुको तुलनात्मक अध्ययनमा सर्बसाधारणमा सेयर जारी नगरेको राष्ट्रिय बाणिज्य बैंकलाई पनि समाबेश गरिएको छ ।
जनता, एनसीसी र प्रभु बैंकको शेयर कारोबार रोक्का भएकाले यस अघि अन्तिम पटक भएको कारोबार मुल्यलाई आधार मानिएको छ । अरु २६ वटा वाणिज्य बैंकको शेयर मूल्य तथा मूल्य आम्दानी अनुपात मंसिर ९ गते बिहीबारको कारोबारमा आधारित छन् ।
.................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।